Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

शैलुङ–३ मा ३५ सदस्यीय नेकपा को एकीकृत कमिटी गठन, भक्तबहादुर श्रेष्ठ संयोजकमा सर्वसम्मत

शैलुङ–३ मा ३५ सदस्यीय नेकपा को एकीकृत कमिटी गठन, भक्तबहादुर श्रेष्ठ संयोजकमा सर्वसम्मत

नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । शैलुङ गाउँपालिका–३ बाघखोर बजारस्थित पार्टी कार्यालयमा शनिबार नेपाली कम्युनिस्ट पार्टी शैलुङ–३ को ऐतिहासिक एकता भेला तथा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले पार्टी संगठनलाई थप गतिशील, सुदृढ र जुझारु बनाउने उद्देश्यसहित भक्तबहादुर श्रेष्ठको संयोजकत्वमा ३५ सदस्यीय एकीकृत कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

पार्टीको संगठनात्मक एकता र आगामी कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित भेलाले श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गर्दै ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। सम्मेलनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित संयोजक भक्तबहादुर श्रेष्ठसहित ३५ सदस्यीय सम्पूर्ण कार्यसमितिलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ कार्यसमितिले पार्टी संगठनलाई वडा तहमा थप व्यवस्थित र सक्रिय बनाउँदै जनतासँगको सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्मेलनले संगठनलाई एकताबद्ध र अनुशासित बनाउँदै स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत जोड दिएको जनाइएको छ। साथै, पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीयस्तरमा विस्तार गर्दै जनताका सवाल तथा समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता नयाँ नेतृत्वले व्यक्त गरेको छ।

एकता भेला तथा सम्मेलनमार्फत गठन भएको नयाँ कार्यसमितिले आगामी कार्यकालमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई वडा तहसम्म प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ।

शैलुङ–३ मा सम्पन्न यस एकता भेला तथा सम्मेलनलाई स्थानीय पार्टी संगठनलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। नयाँ नेतृत्वसँगै वडा तहमा पार्टी संगठनले नयाँ ऊर्जा र गतिशीलताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार