Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्युयोर्क रेड बुल्स २–० ले विजयी

मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्युयोर्क रेड बुल्स २–० ले विजयी

नेपाल सम्वत् ११४६, कौलाथ्वः १४, चतुर्दशी (८ कार्तिक २०८३, २५ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकर (एमएलएस) मा लियोनल मेसीको टोली इन्टर मियामी न्युयोर्क रेड बुल्ससँग २–० गोलले पराजित भएको छ। आइतबार बिहान सम्पन्न खेलमा घरेलु टोली न्युयोर्कले जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्ने अभियानमा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो।

न्युयोर्कको ह्यारिसनस्थित स्पोर्ट्स इलस्ट्रेटेड रङ्गशालामा भएको खेलमा घरेलु टोलीले सुरुआतमै अग्रता लिएको थियो। खेलको सातौँ मिनेटमा इन्टर मियामीका कार्लोस कासेमिरोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि न्युयोर्कले १–० को अग्रता बनाएको थियो।

पहिलो हाफमा पछि परेको इन्टर मियामीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन। अर्जेन्टिनाका कप्तान लियोनल मेसी सुरुआती टोलीमा थिएनन्। उनी खेलको ५६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। तर, मेसीको प्रवेशपछि पनि इन्टर मियामीले गोल फर्काउन सकेन।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा एमिल फोर्सबर्गले गोल गर्दै न्युयोर्कको जित सुनिश्चित गरे। उनको गोलसँगै घरेलु टोलीले खेल २–० ले आफ्नो पक्षमा पारेको हो।

खेलमा न्युयोर्कका गोलरक्षक इथान होर्भाथले विपक्षीका दुई प्रहार बचाएका थिए। त्यस्तै, इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले पाँच प्रहार रोक्दै उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै न्युयोर्क रेड बुल्सले लगातार दुई हारको शृङ्खला तोडेको छ। प्लेअफमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेको टोलीका लागि यो जित महत्त्वपूर्ण बनेको छ।

खेलपछि न्युयोर्कले ३१ खेलबाट ३९ अङ्क जोड्दै एमएलएसको इस्टर्न कन्फरेन्सको नवौँ स्थानमा रहेको छ। यता, इन्टर मियामीले ३१ खेलबाट ५५ अङ्कसहित तेस्रो स्थान कायम गरेको छ।

मेसी मैदानमा उत्रिए पनि गोल गर्न नसकेको इन्टर मियामीले यस हारसँगै महत्त्वपूर्ण अङ्क गुमाएको छ भने न्युयोर्कले प्लेअफ यात्रालाई थप बलियो बनाउने अवसर प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार