नेपाल सम्वत् ११४७, कौलागाः १०, दशमी (१८ कार्तिक २०८३, ४ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती थपिएको सङ्केत गरेको छ। प्रारम्भिक मतपरिणाममा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा अग्रता बनाएको छ भने सिनेटमा पनि महत्त्वपूर्ण सफलता हासिल गरेको छ।
प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको एक सिट रिपब्लिकन पार्टीबाट खोस्न सफल भएको छ। नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उम्मेदवार रोय कुपरले जित हासिल गर्दै निर्वाचनको पहिलो महत्त्वपूर्ण सिनेट सिट आफ्नो पार्टीको पक्षमा पारेका हुन्।
त्यस्तै, जर्जियाबाट डेमोक्रेटिक पार्टीका सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्। उनले रिपब्लिकन उम्मेदवार माइक कोलिन्सलाई पराजित गरेका हुन्।
अमेरिकामा नोभेम्बर ३ अर्थात् कात्तिक १७ गते मध्यावधि निर्वाचन भएको हो। निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३५ सिटका लागि मतदान भएको थियो। यसका साथै विभिन्न राज्यमा गभर्नर तथा स्थानीय तहका पदाधिकारी चयनका लागि पनि निर्वाचन भएको छ।
अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यभागमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ। यस निर्वाचनबाट राष्ट्रपति परिवर्तन हुँदैन, तर संसद्का दुवै सदनमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्धारण हुन्छ।
सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको बीचमा भएको हो। निर्वाचनको अन्तिम नतिजाले अमेरिकी संसद्मा शक्ति सन्तुलन कस्तो रहने र ट्रम्प प्रशासनले आगामी दिनमा संसद्मा कस्तो राजनीतिक परिस्थिति सामना गर्नुपर्नेछ भन्ने निर्धारण गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij