नेपाल सम्वत् ११४७, कौलागाः १२, द्वादसी (२० कार्तिक २०८३, ६ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ ।
प्रस्तावित चार न्यायाधीशविरुद्ध कुल १३ वटा उजुरी परेका छन् । समितिले आज बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ ।
समितिको बिहीबार बसेको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि चार जनाको नाम सिफारिस गरेको हो । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij