नेपाल सम्वत् ११४७, कछलाथ्वः ६, षष्ठी (२९ कार्तिक २०८३, १५ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको सदरमुकाम चरिकोटमा सडक तथा सार्वजनिक स्थानमा आश्रयविहीन अवस्थामा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ। सामाजिक अभियन्ता राजन बस्नेतको पहलमा आइतबार भीमेश्वर नगरपालिका, जिल्ला प्रहरी कार्यालय दोलखा र मानव सेवा आश्रम पशुपति शाखाको सहकार्यमा उद्धार अभियान सञ्चालन गरिएको हो।
उद्धार अभियानमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा, भीमेश्वर नगरपालिका–३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, नगरपालिकाका कर्मचारी तथा मानव सेवा आश्रमको टोली सहभागी थिए।
सडकमा अलपत्र, बेसहारा र आश्रयविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्याई आवश्यक संरक्षण, हेरचाह तथा सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको सामाजिक अभियन्ता बस्नेतले बताएका छन्।
उनको पहलमा हालसम्म २५ जनाभन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरिसकिएको छ। सडकमा कष्टकर जीवन बिताइरहेका असहाय नागरिकलाई मानवीय सेवामार्फत सुरक्षित जीवनयापनको अवसर प्रदान गर्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइँदै आएको छ।
सडक मानवको उद्धार केवल मानवीय सहयोगको विषय मात्र नभई उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग समेत जोडिएको छ। उद्धारपछि उनीहरूको दीर्घकालीन संरक्षण, उचित हेरचाह र पारिवारिक तथा सामाजिक पुनःस्थापनामा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।
यस अभियानले सडकमा बेसहारा अवस्थामा रहेका नागरिकप्रति राज्यका निकाय, सामाजिक संघसंस्था र आम नागरिक सबैको साझा जिम्मेवारी रहेको सन्देश दिएको छ। ಮಾನवीय सेवा र सहकार्यबाट असहाय नागरिकलाई पनि सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण बनाउन सकिने उदाहरणका रूपमा यस अभियानलाई लिन सकिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij