भेष कुमार तौथल / बालकृष्ण ’पासा’ द्वाल्खा
एउटा इतिहास त्यत्तिकै बन्दैन, जहाँ सत्यताको जड व्याख्या हुन्छ त्यहाँ परम्परा हुन्छ । संस्कृतिको महत्व हुन्छ, त्यस्तै नेवार जनजातिको एउटा सामान्य थलो हो तौथलि अर्थात यस बस्तीलाई परम्पराको हैसियतले हेर्नु पर्दा “अनुपम नगर” को उपमा दिंदा फरक नपर्ला ।
शुरुमा यस स्थलमा बसोबासको शुरूआत भादगाउँको बासिन्दाबाट भएको भनिए तापनि यहाँको रहनसहन र भाषाको रूप दोलखा संग झण्डै ९२% प्रतिशत मिल्ने हुँदा भादगाउँका बासिन्दा र दोलखाको बासिन्दा संगको दौत्य मैत्रि सम्बन्ध र नाता बन्धनको पारस्परिक सम्बन्धले अलिक बेग्लै सृजना भएको हो कि जस्तो लाग्छ ।
तर दोलखाकै अनुरूपमा तैयार भएको भनेर भन्न खोजेको होइन । जस्तो कि तौथलमा जन्मेर दोलखा–तौथलि भाषा बोल्दैमा दोलखाको उपमा दिनु सिधै मातृभाव प्रति आघात पार्नु हो ।तैपनि भाषाको हिसाबले दोलखा, तौथलि, दूति, लिस्ति र जेठल पनि एकै खाले एउटै शब्दलाई भाकामा फरक तरिकाले बोल्ने गरिन्छ, तर संस्कृति र पर्व परम्परा फरक ढंगले प्रस्तुत भएको कारणले आआफ्नो संस्कृति र परम्पराको मौलिक विशेषता आफैभित्र समाहित भएकोले जात्रामात्रालाई कसैले कसैको अनुकरण गरेर अनुसरण गरेका हुन् भन्नु तर्कसंगत हुदैन ।
जस्तो कि काठमाडौं उपत्यका भित्र नै एउटै भाषा भएपनि फरक भाका, शब्द मिश्रण भएको पाईन्छ, परम्परामा पनि नाम एउटै भएपनि चालचलन र ढाँचामा फरक हुनसक्छ, त्यसमा पनि तौथलमा भएको जात्रामात्रा अधिकांश नेवार बस्तीभन्दा फरक नै देखिन्छ, ती मध्ये तोखलको यो…
दहिजात्रा :
मानव सभ्यता र संस्कृति एक अर्काको परिपुरक हो। सभ्यतासँग संस्कृति जोडिएको हुन्छ। कुनै संस्कृति विभिन्न माध्यमबाट समानान्तर रुपमा संसारभर फैलन्छ भने कुनै संस्कृतिले निश्चित ठाउँ बिशेष र समुदाय बिशेषमा जिबन्त पाएको हुन्छ, जुन निकै दुर्लभ ,अनौठो र बिशेष हुने गर्दछ।त्यस्तै संस्कृति सिन्धुपाल्चोक जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका ५ तौथलीमा रहेको दहिजात्रा पनि एक हो। हुनत ः तौथलीमा बर्सैभरी समयानुसार विभिन्न थरिका जात्रा तथा मेला लाग्ने गर्दछ । तर यहाँ बिजया दशमिको भोलिपल्ट मनाइने बिश्वमा कहि नभएको जात्रा दहिजात्राको चर्चा गरिन्छ ।
तौथलीमा दशै फुलपातिको दिन देखि पाँच दिनसम्म जात्रा लाग्ने गर्दछ। सबै दिनका जात्राहरुको आफ्नै महत्त्व र बिशेष हुने गर्दछ। पाँचौ दिनमा घरगोठमा दुहुनो गाई भैंसी हुनेले अघिल्लो दिन साँझको दूध दहि जमाएर त्रिपूरा भगवतीलाई आफ्नो घरमा दुहुनो कहिले नटुटोस र गाइभैसी फैलिन्दै जाओस भन्ने कामनाको साथ चढाउने गर्दछ्न ।
देबिथान चढाएको, पुजा गरेको प्रशाद गाउले सबैलाइ बाढने चलन छ।तर एक ठेकी दहि गाउले सबैलाई बाढ्न सम्भब नभएपछि लिङ्गो जात्रा, खड्ग जात्रामा सहभागी जात्रुरेहरुलाइ डबली देखि त्रिपूरा भगवतीथान सम्म छ्ड्किदिएर प्रशाद पुर्याएको चलन जात्राको रूपमा परिणत भएको पाइन्छ।युवाहोस या वयस्कहरु काधमा दहिको ठेकी भिरेर हातमा दहि लिइ उपस्तिथि दर्शक रोजा गुठियार तथा आफू आफैमा होहोरे हो हो को लयबद्द आवाज निकाली दहि छ्यापाछ्याप गरि देबिथान सम्म जाने गर्दछ्न। करिब २०० जना बढी सहभागीले त्रिपूरा सुन्दरी देबि थान सम्म छ्यापेर बाकी रहेको दहि उपस्तिथि भक्तजनहरुलाइ बाडिदिने गर्द्छन, सो दिन चढाएको दहि खादा रोगब्याधी निको हुने जनबिश्वास रहेको छ ।
दहिजात्रा शुरु हुनु अघि त्रिपूरा सुन्दरीमा सम्पुर्ण गुठियार र डोबरछेमी, कोर्छेमी र बिसौरीको रोजा जम्मा गर्ने गरिन्छ।सम्पुर्ण तयारी पूरा भइसकेपछी लिङ्गोजात्रा(रोजा) , खड्गजात्रा ( हातहतियार ) गुरु गोरखनाथ,खाडा, महिषाशुर शिर छेदन, आदि जात्रा निकालेर शहर परिक्रमा गराइन्छ। तौथलीको उत्तरपटीको वालेफ्वाले डोबटा(दोबाटो )देखि च्याङ्टाय डोबटा, डोबरसम्म आइपुग्दा भिन्न तान्त्रिक बिधिबिधानबाट महिषासुर शिर छेदन , मोहनी भजन , गुरु गोरखनाथद्वारा राक्षस भगाइ बाटो बार्ने, खाडा नचाउने ,र रोजालाइ ठाउँ ठाउँमा विभिन्न गुठियारहरुले सगुन दिने र लुगाफाटो चढाउने गरिन्छ ।रोजालाइ डोबर (डबली) मा पुर्याएपछी मंगलधुनका साथ सगुन दिएर दहिजात्रा शुरु हुन्छ । दहिजात्रालाइ देबिको विजयोल्लास स्वरुप दहिको होलि खेलेको पनि कथन रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij