बाँपीझ्याला, काठमाण्डौं । माघे संक्रान्तिका दिन विगतमा वर्षहरुमा काठमाडौंको टुँडिखेल निकै गुल्जार देखिन्थ्यो । आफ्नो ठूलो पर्व माघीको अवसरमा मगर र थारु समुदायले विशेष कार्यक्रम आयोजना गरेका हुन्थे ।
सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु पनि टुँडिखेलमा माघीको शुभकामना दिन पुग्थे । मगर र थारु समुदयका युवा युवतीले आफ्ना जातीय पोशाक लगाएर नाचगान र रमाइलाे गर्थे । टुँडिखेलका स्टलमा मगर र थारु समुदायका मौलिक परिकार चाख्न पाइन्थ्यो ।
तर यो वर्ष कोरोना महामारी ह्वात्तै बढेकाले अन्तिम समयमा माघीको औपचारिक कार्यक्रम रोकियो । सरकारले केही दिनअघि २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।
शनिबार टुँडिखेलमा कुनै औपचारिक कार्यक्रम त भएन । तर मगर र थारु समुदायका युवायुवती आफ्नो जातीय पोशाकसहित पुगेका थिए । माघी विशेष कार्यक्रम स्थगित भएको थाहा नपाएर हो वा अन्य कारणले टुँडिखेलमा भेला हुनेको संख्या ठूलो थियो ।
औपचारिक कार्यक्रम नभएको थाहा पाएपछि आफ्नो मौलिक पोशाकमा ठाँटिएका युवा युवतीले एकल तथा समूहमा तस्वीर खिचेर खुशीयाली मनाए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij