Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

कालिन्चोक माई (भजन )

कालिन्चोक माई (भजन )

जय जय कालिन्चोक देवी माता,

तिमी नै हौ हाम्रो परमेश्वरी दाता ।

कल्याण गरिदेउ सब जन मनको,

अर्पण गर्छौं हामी पुष्प मधुबनको ।

जय जय कालिन्चोक देवी माता,

तिमी नै हौ हाम्रो परमेश्वरी दाता ।

बसेकी छौ माता पर्वत टाकुरामा,

दिएकी छौ शक्ति हर पाखुरामा ।

जय जय कालिन्चोक देवी माता,

तिमी नै हौ हाम्रो परमेश्वरी दाता ।

तिमी छौ देवी गौरीशंकर अगाडि,

मानवको शत्रुलाई सँधै नै लगारि ।

जय जय कालिन्चोक देवी माता,

तिमी नै हौ हाम्रो परमेश्वरी दाता ।

-बालकृष्ण पासा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार