
अहिले के मा व्यस्त हुनु हुन्छ ?
अहिले म व्यवसायमा व्यस्त छु । फुर्सदको समयमा दोलखा भित्र र बाहिरको सामाजिक कार्यमा आफुले सक्ने क्षेत्रमा संलग्न भएर सहयोग गर्दै आएको छु ।
संघ संस्थामा आवद्ध हुनु हुन्छ ?
आवद्ध छु । काठमाण्डौं स्थित लायन्स क्लव अफ काठमाण्डौं ३२५ डि मा आवद्ध भएको छु । यसै गरी हामीहरु स्कुलमा संगै पढ्दाको समकालिन साथीसंगीहरुको जमघटको थलो साथीको लागि साथी भन्ने नामबाट एउटा सामाजिक संस्था र साथीको लागि साथी समुह मिलेर ईन्भेष्टमेन्ट खोलेका छौं । उक्त संस्थामा सचिवमा बसेर कार्य गर्दै आएको छु । यसै गरी राजकुलेश्वर आधारभुत विद्यालय तल्लो टोल दोलखामा स्कूल विद्यालय व्यवस्थापन समितीको सल्लाहकार समिती सदस्यमा बसेर सहयोग गर्दै आएको छु ।
सामाजिक संघ–संस्थामा किन आवद्ध हुनु भयो त ?
पेशा व्यवसाय त जो कोहीले गरेको हुन्छ । र सामाजिक संघ–संस्थामा बसेर केही व्यक्तीहरुले मात्र सहयोग गर्ने अवसर प्राप्त गरेको हुन्छ । यही सन्दर्भमा मलाई पनी सामाज सेवामा संलग्न भएर समाजमा रहेका दिनदुःखी, असाह्य र स्कुल पढ्ने असाह् बच्चाहरुलाई सहयोग गर्ने उत्प्रेरणा जाग्यो त्यसैले समाजसेवा संलग्न भएर आफुले सक्ने सहयोग गर्दै आएको छु ।
साथीको लागि साथीको संस्थाको उद्देश्य के छ ?
मुल उद्देश्य समकालिन साथीसंगीहरुलाई एकत्रित गर्नु हो भने अर्को तर्फ साथी साथी विच समन्वयकर्ताको भूमीका निर्वाह गरी समाजमा रहेका दिनदुःखीहरुको सेवा गर्ने रहेको छ ।
दोलखा जानु हुन्छ ? जानु हुन्छ भने सरदर कति चोटी जानु हुन्छ ?
आफ्नो जन्मघर जानु परि हाल्यो । त्यसैले बेला बेलामा दोलखा जाने गरेको छु । यसै गरी आफ्नो घर जानलाई कसैले गनेर जादैन र विशेषतः काम विशेष भयो भने महिनामा दुई तिनचोटी पनी जानु पर्ने हुन सक्छ तर विशेष गरी महिनामा एकपटक जस्तो जन्मघर दोलखा घर जाने गरको छु ।
तपाई एकजना युवा व्यवसायी अनी समाजसेवी पनी हुनु हुन्छ तर दोलखामा यस क्षेत्रको बारेमा कसरी हेर्नु हुन्छ ?
सामाजिक सेवा भनेको कसैको कर र बलले गरिने कार्य होईन । यो त भित्री आत्मादेखिनै सन्तुष्ट र प्रफुल्ल भई समाजसेवामा अग्रसर भईन्छ । त्यसैले दोलखाको सवालमा कुरा गर्नु पर्दा अन्य कार्यका त त्यस्तै हो तर पनी सामाजिक कार्यमा पनी सहमती र सल्लाह अनुसार कार्य गरेको पाईन्दैन । एकजनाले गरेको कार्यको अर्कोले सहयोग गरेको पाईन्दैन । यसबाट व्यक्तिगत रुपमा त कसैलाई घाटा नहोला तर सामाजिक रुपमा दोलखामा धेरै घाटा हुन्छ । त्यसैले यी कुराहरुमा संयुक्त भएर अग्रसर भई कार्य गरेको खण्डमा सवैलाई राम्रो हुने र सन्तुष्ट पनी हुने कुरामा दुई म नहोला ।

दोलखाको नेपाल (नेवार) भाषाको प्रयोग र यसको संरक्षणको लागि के गर्नु पर्ला ?
सवभन्दा पहिले दोलखाको नेवारी मातृभाषा प्रयोगमा आउन नसक्नु अन्तरजातिय विवाह हो । यो सँग सँगै दोलखाभित्र विहावारी पहिलेको तुलनामा कम भएर दोलखाली युवाहरुले बाहिरका चेली भि¥याउने र दोलखाली चेली बाहिरका युवाहरु संग बैबाहिक सम्वन्ध गाँसिएर गएकोले यो समस्या देखिएको हो । विशेषतः आमाले बोल्ने भाषा अर्के भएको कारणले बच्चाहरुले काखमा हाम्रो दोलखाको नेवारी भाषा सिक्न सकेका छैनन् ।
यसरी यो समस्याभन्दा पनी व्यवहारीक र वस्तुगत स्थिती यही छ । अव बोलिचालीलाई निरन्तरता दिनको लागि भाषा प्रशिक्षणको अभियान चलाउनु पर्छ । यो कुनै व्यक्तीगत रुपमाभन्दा पनी स्थानिय निकायले यसको लागि संस्थागत रुपमा पहल गर्नु पर्छ भने अर्को कुरा दिन प्रतिदिन हाम्रो घरपरिवारमा व्यवहारीक रुपमा यो हाम्रो मातृभाषालाई बोलीचालीमा प्राथमिकता दिनु पर्छ ।
यसै गरी संस्थागत रुपमा भाषाको संरक्षण गर्नु पर्छ भनेर तपाईहरुले भूमीका खेल्नु भएको छ । यसको लागि विशेषतः भीमेश्वर नगरपालीका र वडा नं. २ ले आवश्यक पहल गरी सहयोग गर्नु पर्छ ।
दोलखामा संचालनमा रहेको बिभिन्न संस्कृती, परम्परा र जात्रामाहरु लोभ हुने अवस्थामा रहेको छ । यसको संरक्षणको लगि के गर्नु पर्ला ?
दोलखामा संचालनमा रहेको संस्कृती, परम्परा र जात्रामात्रा दिन प्रतिदिन लोभ हुर्दै गएको छ । अव यसको निरन्तरता र संरक्षणको बारेमा हामीले कुरा गर्दा पहिले कुरा संस्कृती, परम्परा र जात्रामात्रा भनेको विशेषतः गुठी संग सम्वन्धीत संस्कार भित्रको एक पक्ष हो ।
त्यसैले सवैभन्दा पहिले यसको वास्तविकता के हो त्यसबारेमा अध्ययन गर्नु पर्छ र वास्तविकता पहिल्याई सकेपछी समस्या परेको ठाउँमा स्थानिय निकाय र सम्वन्धीत गुठीयारहरुले संरक्षणको लागि पहल गर्नु पर्छ । त्यसको लागि हामी दोलखावासी एकठाउँमा भई रचनात्मक सहयोग गर्नु पर्छ ।
बाँपीझ्याला डटकम वेभ साईड हेर्नु हुन्छ ? यदी हेर्नु हुन्छ भने यसमा अव के सुधार गर्नु पर्ला ?
सर्व प्रथम त बाँपीझ्याला मिडिया र यसको संचालकलाई म लगायत दोलखावासीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । मैले बाँपीझ्याला डटकम अनलाईन पत्रीका हेर्ने गरेको छु । यसले पहिलेको भन्दा धेरै परिमार्जन सहीत अगाडी बढेको छ । यसमा म खुसी व्यक्त गर्दछु ।
यसै गरी भाषा, संस्कृती र परम्परा भनेको कुनै पनी जाति विशेषको पहिचान हो । त्यसै गरी दोलखाको नेवारी जातीको पहिचानको मुद्धालाई तपाईहरुले सम्वोधन गरी अगाडी बढ्न पहल गर्नु भएको छ । यसबारेमा मैले आफ्नो ठाउँबाट सहयोग गर्न तयार छु । यसै गरी सम्पूर्ण दोलखावासीले विना संकोज सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।
त्यसै गरी भीमेश्वर नगरपालीका भित्र रहेका नेवार, तमाङ, थामी र गुरुङ जातिको भाषा संस्कृती अनी परम्परालाई संरक्षण गर्न नगरपालीकाले राम्रो कार्य योजना तयार गरी सहयोग गर्नु पर्छ । जसले सिङ्गो भीमेश्वर नगर र दोलखा जिल्लाकै शिर उच्च गर्न सहयोग गरेको हुनेछ । यसलाई नगरपालीका लगायत सम्वन्धीत वडाले प्राथमिकतामा राखेर कार्यान्वयको लागि पहल गर्नु पर्छ ।
अन्तमा यस बाँपीझ्याला मिडियाबाट दोलखावासी लगायत शुभचिन्तक नेपालीहरुमा केही भन्नु हुन्छ की ?
सवभन्दा पहिले मेरो व्यक्तीगत धारणा सार्वजनिक गर्न मलाई बाँपीझ्याला डटकमले जुन स्थान दिएको छ त्यसको लागि हार्दिक आभार सहीत धन्यवाद दिन चाहन्छु । यसै गरी बाँपीझ्याला मिडियाको प्रकाशनमा संचालन भईरहेको यस बाँपीझ्याला डटकमले विशेषतः दोलखा शहर भीमेश्वर नगरपालीका वडा नं. २ को स्थानिय नेवार, तमाङ, थामी र गुरुङ जातिको भाषा, संस्कृती र परम्परालाई निरन्तरता दिन अगाडी बढ्ने कुरामा सचेत गराई सहयोग गरेको छ । यो कुरा हामी सम्पूर्ण दोलखावासीले बुझ्न जरुरी रहेको छ ।
यसै गरी दोलखाको सामाजिक सवाल र कुरामा साझि रुपमा हामी सवै सहयोग गर्न तयार हुनु पर्छ । जुन कुरालाई विना राजनितीकरण गरी, यसै गरी दोलखामा सामाजिक कार्यमा हामी सवै एक ठाउँमा उभिन्न पनि जरुरी रहेको छ । यस बारेमा म फेरी पनी स्मरण गरान चाहन्छु भने भीमेश्वर नगरपालीका वडा नं. १ देखि ९ वडासम्मका स्थानिय भाषा, संस्कृती र परम्परालाई संरक्षण गरी निरन्तरता दिनको लागि भीमेश्वर नगरपालीकाले योजना बनाउन आग्रह गर्दछु ।
दोलखा नेवारी भाषा संस्कृती र परम्परा भनेको दोलखाली नेवार जातीको पहिचान हो । यो पहिचानलाई हामी नास हुन दिनु हुदैन । यसै गरी सिङ्गो भीमेश्वर नगरको अस्थित्व भीमेश्वर मन्दिर लगायत यहाँ रहेका बिभिन्न मठ–मन्दिर र सम्पदाहरुले सहयोग गरेको छ । यसै गरी स्थानिय रुपमा रहेका पर्यटकिय क्षेत्रलाई सुधार गर्दै अगाडी बढ्नु पर्छ । जसको लागि यसमा स्थानिय निकाय अनी हामी सम्पूर्ण दोलखावासीले विना संकोज सहयोग गर्नु पर्छ भनी अनुरोध गर्दछु ।
अन्तमा, मेरो तर्फबाट यस बाँपीझ्याला मिडियालाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै यसको निरन्तरताको लागि कामना गर्दछु । यसै गरी यस अभियानमा सम्पूर्ण दोलखावासीको सहयोग आवश्यकता रहेकोले यो अभियानमा हामी सम्पूर्ण दोलखावासीको सहभागीताको लागि अनुरोध छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij