Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

एक युग पुरुषको अवसान ! अस्ताउने छैन कुनै बिहान !

एक युग पुरुषको अवसान ! अस्ताउने छैन कुनै बिहान !

सत्यमोहन जोशीको जन्म १२ मे १९२० मा शंकरराज र राजकुमारी जोशीको कोखबाट नेपालको ललितपुर जिल्लामा भएको थियो । घरमै बसेर अक्षर सिकेपछि वहाँ काठमाडौंको दरबार हाईस्कूलमा भर्ना भए, यसपछी वहाँले त्रिचन्द्र कलेजमा स्नातक तह पूरा गरे, १९५९ मा पुरातत्व तथा सांस्कृतिक विभागको पहिलो निर्देशक बन्नु भयो । यसै गरी राष्ट्रिय नाचघर – काठमाडौंमा राष्ट्रिय रंगमञ्च, पाटनमा पुरातात्विक बगैंचा, तौलिहवामा पुरातत्व संग्रहालय र राष्ट्रिय चित्रकला संग्रहालय स्थापना गर्नु भएको थियो । भक्तपुरमा १९६० मा राजा महेन्द्रको विद्रोह पछि, जोशी चीन गए, जहाँ उनले पेकिङ प्रसारण संस्थानमा नेपाली पढाउन थाले ।

चीनमा आफ्नो बसाइको क्रममा, उनले १२६० ईस्वीको प्रारम्भमा चीनमा बसाइँ सरेका मल्ल वंशका मूर्तिकार अर्निकोमा अनुसन्धान गरेका थिए । वहाँले अरनिकोसँग सम्बन्धित ऐतिहासिक कलाकृतिहरू प्रयोग गरी कीर्तिपुर, काठमाडौंमा अरनिको सेतो डगोबा ग्यालेरी स्थापना गर्नु भएको थियो ।

उहाँसँग विभिन्न क्षेत्रहरूमा ६० भन्दा बढी प्रकाशनहरू छन् । जसमा हमरो लोक संस्कृति (१९५६ मा मदन पुरस्कार); नेपाली राष्ट्रिय मुद्रा (१९६० को मदन पुरस्कार); कर्णाली लोकसंस्कृति (अनुसन्धान संग्रह); चारुमती, सुनकेसरी, माजिफा लाखे, बाग भैरव (नाटक) नेपाल राष्ट्र बैंकले सेप्टेम्बर २०१९ मा जोशीको १०० औं जन्मदिनको उपलक्ष्यमा उहाँको तस्बिर सहित रु १००, रु १,००० र रु. २५०० मूल्यका तीनवटा नयाँ सिक्का जारी गरेको थियो । १७ नोभेम्बर २०२१ मा, जोशी नेपालको इलेक्ट्रोनिक राहदानी प्राप्त गर्ने पहिलो व्यक्ति बन्नु भएको थियो ।

जन्म लिएपछि मृत्युवरण गर्नु प्रकृतिको शाश्वत नियम हो । जस्तोसुकै उच्च शिक्षा हासिल गरेर वैज्ञानिक नै बनेपनि, तन्त्र साधना सिद्ध गरेर तान्त्रिक नै बनेर आएपनि त्यो जैविक शरीर त्यागेर अनन्त यात्रामा लाग्नैपर्छ । जसलाई इन्द्र नै आएर झुके पनि आत्माको अमर सिवाय देह अमर बन्न सकिंदैन । त्यही मार्गमा लाग्न पुगे एक वाङमय यतिहास पुरुष सत्यमोहन जोशी । शताब्दीको खुड्किला पार गरेर नेपाली धरातलमा धेरै ज्ञान बाँडेर गए, धेरै शिक्षा प्रदान गरेर गए । प्राण नामको चीज लिएर गए तर त्यो शरीर जसलाई हामीले सत्यमोहन भनेर जान्न पाएका थियौँ, चिन्न सकेका थियौँ त्यो मात्र हाम्रो नजर बिन्दूमा तस्बिर बनेर रहिरहने भो, उनका सद्वाणीहरू मधुर वाणी बनेर यी कर्णकुञ्जमा गुञ्जने भए ।

जीवन जिउनुको कला त हरेकले आ–आफ्नो तरिकाले जानेका हुन्छन्, जिउनुको अर्थ भनेको दिनभरि काम गरेर पेटभरि खानलाई मात्र जीवन ठान्नुलाई सार्थकता सम्झिनु मानवको लागि उपयुक्त हुँदैन । जीवनको वास्तविकता बुझाउनकालागि प्रकृतिले पाँच इन्द्रिय प्रदान गरेको छ । ती हरेक पाँच इन्द्रियले ब्रम्हाण्डमा रहेका पाँच महातत्वलाई राम्ररी चिन्न, जान्न र बुझ्न सक्नुपर्छ भन्ने कुरा यिनै शताब्दी पुरुष सत्यमोहन जोशीले बताउनु भएको छ ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली मुद्रा नामक पुस्तक लेख्नुभएका सत्यमोहन जोशीले पाँचौं शताब्दीदेखि बिसौँ शताब्दी सम्मका इतिहासमा चलेका नेपाली मुद्राका बारेमा खुलेर लेखेका भएपनि नेपालको इतिहासमा दोलखाका राजा इन्द्र सिंह देव र काठमाडौंका मल्लकालीन राजा महिन्द्र मल्लले निकालेको चाँदीका पहिलो सिक्कामा भने अलिकति ध्यान दिन नभ्याउनु भएको हो या उपत्यकाको बासिन्दा भएको कारणले खुलाउन नचाहनु भएको हो यसमा चाहिँ विवादित तर्क प्रस्तुत गर्नु भएको थियो ।

त्यो के भने इन्द्रसिंहदेवको शासनकाल भन्दा करीब १५ वर्षपछि मात्र कान्तिपुरका राजा महिन्द्र मल्लले चाँदीको टक (सिक्का) छापेको इतिहासमा स्पष्ट देखिएको छ । हुनसक्छ दोलखाको राजाले चाँदीको सिक्का चलाएर भोटसंग मात्र व्यापार चलाइएको र पछि सो प्रचलनमा सहज भएको कारणले महिन्द्र मल्लले कान्तिपुरमा आफ्नो नाममा चलाइएको थियो कि ! किनकि दोलखाका अधिपति इन्द्रसिंह देवले वि.सं. १५९१ साल अगाडि र्नै चाँदीको सिक्का चलाइसकेको अवस्थामा महिन्द्र मल्लले वि.सं. १६०५मा मात्र चाँदीको सिक्का चलाइएको प्रमाणले दोलखाका राजाले नै पहिलो मोहर चलाएको भन्ने स्पष्ट हुन्छ । यही कुरा शताब्दी पुरुष सत्यमोहन जोशीज्यूले प्रस्ट्याएको देखिंदैन ।

जे होस् शताब्दी पुरुष सत्यमोहन जोशीज्यूले नेपालको इतिहासमा अविस्मरणीय काम गरेर नेवारी इतिहासमा नेवारहरूको लागि उदाहरणीय काम गरिएकोमा नकार्ने स्थान देखिंदैन । कम उमेरमै पुरातत्व विभागको निर्देशक बनेर नेपालको इतिहासमा सक्षमताको उदाहरण प्रस्तुत गर्नुभएको छ । यस्तै कुरालाई मध्यनजर राखेर नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अङ्कित चाँदीको सिक्का निष्काशन गरिएको थियो । सत्यमोहन जोशीज्यूले नेपालको साहित्यिक फाँटमा अमूल्य योगदान दिनुभएको छ । नेपालको पहिचान दिलाउने हेतुले परम्परा र संस्कृति बारेमा पुस्तक लेख्ने कार्य पनि गर्नुभएको छ । कथा संग्रह, नाटक, नेवारी भाषा सम्बन्धी पुस्तक पनि लेख्नु भएको छ ।
यस्तै राम्रा र उल्लेखनीय कार्य गरेको वापतमै सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदा नगरिएको छ भने नेपाल सरकारले उज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरेको छ । शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा बहुआयामिक कार्यगरेको कुरालाई ख्यातिप्राप्त लेखकहरूले विभिन्न पुस्तकमा उहाँको जीवन चरित्रबारे दर्शाएको पाइन्छ । यस्तो बहु प्रतिभाको धनी सत्यमोहन जोशीले जीवनको १०३ वर्षको उमेरमा सबैलाई छाडेर जाँदा कसको पो मन नरोला र ! उहाँको आत्माले दिव्य शान्ति प्राप्त गरुन् । अलविदा आदरणिय सत्यमोहन जोशी !

वाङमय यतिहास पुरुष सत्यमोहन जोशीज्यूको जिवनी हामीले लकिता जोशीको वालबाट, सामाजिक सञ्जाल फेसवुकबाट साथै यस बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठ “पासा” को संयोजनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार