Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

मौसमी ज्वरो र रूघाखोकीको घरेलु उपचार

मौसमी ज्वरो र रूघाखोकीको घरेलु उपचार

१८ पुस, बाँपीझ्याला, काठमाडौँ । चिसो मौसम सुरु भएसँगै भाइरस वा विषाणुले मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढ्ने गर्छन । यो बेला ज्वरो, रुघाखोकी साना ठूला सबैलाई आउन सक्छ। यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन्। उल्टै यसले हानि हुन सक्छ।

सकेसम्म परापूर्व कालदेखि गर्दै आइएको र अत्यन्त फलदायी आयुर्वेद जडीबुटीबाट नै यसलाई निको पार्न सकिन्छ । घरैमा पूर्ण आराम गर्ने, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ, तुलसी राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ।

सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आउञ्जेल अलग्गै बस्ने गर्नुपर्छ। रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि धेरै नै लाभ हुन्छ। ज्वरो आयो भन्दैमा एकचोटी आफूखुशी औषधि नखाएको राम्रो । गाह्रो भयो भने चिकित्सकको सल्लाह बमोजिम औषधिको सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार