Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

जिरीमा शिक्षिकासहित ६ जनामा संक्रमण पुष्टि, विद्यालयमा सतर्कता

जिरीमा शिक्षिकासहित ६ जनामा संक्रमण पुष्टि, विद्यालयमा सतर्कता

नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । जिरी नगरपालिका–९ ठुलोपातलस्थित एक विद्यालयमा शिक्षक तथा विद्यार्थीमा ज्वरो आउने समस्या देखिएपछि गरिएको स्वास्थ्य परीक्षणका क्रममा एक शिक्षिकासहित ६ जनामा संक्रमण पुष्टि भएको छ।

जिरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार काठमाडौँबाट फर्किएलगत्तै बिरामी परेकी विद्यालयकी एक शिक्षिकाको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो। संक्रमित शिक्षिकालाई आइसोलेसनमा राखिएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालका अनुसार संक्रमण थप फैलिन नदिन विद्यालय तथा आसपासका क्षेत्रमा आवश्यक स्वास्थ्य सतर्कता अपनाइएको छ।

केही दिनअघि ठुलोपातलस्थित उक्त विद्यालयमा शिक्षक तथा विद्यार्थीमा एकैपटक ज्वरो आउनेलगायतका लक्षण देखिएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको थियो। त्यसपछि स्वास्थ्यकर्मीको टोली विद्यालयमा पुगेर सात जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाएको थियो।

परीक्षणबाट सातमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितमध्ये एक जनामा कोभिड–१९ र पाँच जनामा भाइरल इन्फ्लुएन्जा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य शाखाले विद्यालय तथा आसपासका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। ज्वरो, खोकी, रुघाखोकीलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक स्वास्थ्य परीक्षण गराउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार