Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

गौरीशंकर बहुमुखी क्याम्पसमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

गौरीशंकर बहुमुखी क्याम्पसमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा भीमेश्वर नगरपालिका–३ स्थित श्री गौरीशंकर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी साइबर अपराध तथा विद्युतीय अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी निरीक्षक किरण लोप्चनको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा साइबर अपराधबाट बच्ने उपाय, इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र विद्युतीय माध्यमबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा विद्यार्थीलाई सचेत गराइएको थियो। पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर अपराधका जोखिमसमेत बढ्न सक्ने भएकाले डिजिटल माध्यमको प्रयोग गर्दा सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिइएको थियो।

विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै अनलाइन माध्यमको सुरक्षित प्रयोग गर्ने बानी विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सचेत नागरिक र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न समुदाय तथा शैक्षिक संस्थालाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा साइबर सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार