Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

सरकारी अभिलेखमै दुई लाख विद्यार्थीको विवरण दोहोरियो, विद्यालयमाथि अनुसन्धान

सरकारी अभिलेखमै दुई लाख विद्यार्थीको विवरण दोहोरियो, विद्यालयमाथि अनुसन्धान

नेपाल सम्वत् ११४७, कौलागाः १२, द्वादसी (२० कार्तिक २०८३, ६ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । विद्यार्थीहरूको विवरण अभिलेख राख्ने सरकारी प्रणालीमा लाखौँ विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि सरकारले विद्यालयहरूमाथि अनुसन्धान सुरु गरेको छ।

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा देशभरका १०+२ तहसम्म अध्यापन गराउने निजी तथा धार्मिक विद्यालयसहित ३९ हजार ५०० भन्दा बढी विद्यालयका ८२ लाख ८१ हजार विद्यार्थीको विवरण समावेश गरिएको छ।

शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएको छ। यसरी एउटै विद्यार्थीको विवरण एकभन्दा बढी पटक समावेश हुँदा राज्यकोषबाट वितरण हुने विभिन्न अनुदान तथा सुविधामा अनियमितता भएको हुन सक्ने आशङ्का गरिएको छ।

विशेषगरी विद्यार्थीका नाममा निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाकलगायतका सेवासुविधाको दुरुपयोग हुन सक्ने देखिएपछि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ।

विवरण दोहोरिनुको कारण, सम्भावित फर्जी विद्यार्थीको अवस्था तथा सरकारी सुविधाको वितरणमा भएको अनियमितता पत्ता लगाउन सरकारले अध्ययन तथा अनुगमन समिति गठन गरेको छ। समितिलाई अनुसन्धान तथा अध्ययनका लागि १५ दिनको समयावधि दिइएको अधिकारीहरूले बताएका छन्।

समितिको अध्ययनबाट विद्यार्थी विवरणमा देखिएको दोहोरोपनाको वास्तविक अवस्था र त्यसबाट राज्यकोषमा पर्न सक्ने आर्थिक प्रभावबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार