
बाँपीझ्याला, काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । उसले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ ।

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, त्यस्तै प्रकृतिका गृहकार्य दिने अभिभावकको गुनासो आएको पनि केन्द्रले जनाएको छ ।
केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन आग्रह गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij