
४ फागुन, बाँपीझ्याला, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेको जनाएको छ । बोर्डले कक्षा कोठाको परीक्षामुखी सिकाईलाई ज्ञानमुखी बनाउनका लागि राष्ट्रिय रुपमा प्रशिक्षक तयार गरिसकेको जनाएको छ । शिक्षकलाई नै प्रशिक्षकको रुपमा तयार गरेको बोर्डले अहिले देशभरबाट प्रत्येक जिल्लाको तीन जनाप्रशिक्षक तयार गरेको र उनीहरुले प्रादेशिक प्रशिक्षक तयार गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेसम्म हामीले घोकेर पास गर्ने कुरा थियो भने अब सिकेर, बुझेर त्यसको आधारमा लेख्न सक्ने, प्रयोग गर्न सक्ने खालको सिकाइ हुनेछ। ती प्रादेशिक प्रशिक्षकले पालिका स्तरीय प्रशिक्षक तयार गरेर कक्षाकोठाको सिकाई प्रणालीलाई ज्ञानमुखी बनाउनेछन् । ’

बोर्डको अनुसार शिक्षकहरुलाई पाठ्यक्रम निर्माण, पाठ्यक्रमको आधारमा विशिष्टिकरण तालिका र विशिष्टिकरण तालिकाको आधारमा प्रश्नपत्र निर्माणको लागि कार्यशाला सञ्चालन गरेर तालिम दिइएको छ । कक्षाकोठा परिवर्तनको लागि शिक्षकको सिकाई प्रक्रियालाई पनि सुधार गर्नुपर्ने भएकोले बोर्डले सुधारका लागि काम गरिरहेको बोर्डका अध्यक्ष शर्माको भनाइ छ ।
बोर्डबाट प्रशिक्षित राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रादेशिक स्तरका शिक्षकलाई प्रशिक्षण दिने र उनीहरुले पालिकास्तरका शिक्षकलाई प्रशिक्षण दिनेछन् । बोर्डको योजना अनुसार कक्षा ४-८ लाई आधारभूत तह र माध्यामिक तहमा दुई खण्डमा कक्षा ९, १० र ११, १२ गरी दुई खण्डमा केन्द्रित गरेर विषय शिक्षकहरुलाई कार्यशाला संचालन गरी प्रशिक्षण गर्नेछन् ।
प्रशिक्षित शिक्षकहरुले हरेक पालिकाका तीन जना शिक्षकलाई पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म कसरी सिकाईमुखी बनाउने भन्ने प्रशिक्षण दिनेछन् । परीक्षामा सोधिएका प्रश्नहरु बालबालिकाले सोचेर विश्लेषनात्मक रुपमा उत्तर दिन सक्ने खालको शिक्षण सिकाई हुने शर्माको जिकिर छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij