Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

बाजुरामा बालबालिकामा देखिए दादुरा तथा रुवेला रोग लक्षण

बाजुरामा बालबालिकामा देखिए दादुरा तथा रुवेला रोग लक्षण

११ फागुन, बाँपीझ्याला, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ। बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका ७ जना बालबालिका उपचारका लागि आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताइन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन्।

सबै जनामा एकैखाले लक्षण देखिएको छ। उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखिएको अनमी विष्टले जानकारी दिइन्।

अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन्। बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहले बालबालिकामा दादुरा तथा रुबेला रोगको संकेत देखिएको खबर आएको बताए। दादुरा तथा रुबेलाको नमूना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेको उनले बताए।

बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमूना पठाउने शाहको भनाइ छ। अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमूनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाहले बताए। उक्त रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार