
५ चैत, बाँपीझ्याला, काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षा लिएको थियो । जसमा न्युन संख्यामा नर्सहरू पास भएका छन् । पीसीएल नर्सिङ तर्फको नामदर्ता लाइसेन्स परीक्षामा ८३४ जना नर्स सहभगी थिए । जसमध्ये २६.१ प्रतिशत मात्रै पास भएका छन् ।

परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार बीएस्सी नर्सिङतर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन् । ‘नयाँ ब्याज नआएको र पहिलादेखि फेल भएका धेरै विद्यार्थी यसपटक पनि सहभागी भएकाले नतिजा कमजोर देखिएको हो,’ श्रेष्ठले भनिन् ।
अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन् । चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने परिषद्ले जनाएको छ । यो पीसीएल तर्फ ३२औँ लाइसेन्स परीक्षा हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij