
बाँपीझ्याला, काठमाण्डौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विगत केही दिनदेखि थाइल्याण्डमा छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । फिल्म ‘ह्यारी कि प्यारी’ले समेत बक्स अफिसमा सफलता कायम गर्न नसकेपछि साम्राज्ञीलाई समस्या परेको छ । यसैले, उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्ड पुगेकी हुन् ।

थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी हट अवतारमा देखिएकी छिन् । साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् ।

साम्राज्ञी फिल्म सफल होस् या असफल, सधै नै उनी विन्दास देखिन्छिन् । जुन कुरा थाइल्याण्डको तस्वीरले पुष्टी गर्दछ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij