
प्राङ्गारिक कृषि भन्नाले माटोको वनावटलाई नखल्बलाई र माटोलाई जिवित राख्ने गरी रासायनिक मल तथा विषादी प्रयोग नगरी प्राङ्गारिक पदार्थहरू प्रयोग गरेर आधुनिक तरिकाबाट कृषि बाली उत्पादन गर्ने उद्देश्यले गरिने खेती नै प्राङ्गारिक कृषि खेती हो । यसमा विभिन्न किसिमका खेर गएका प्राङ्गारिकहरूलाई उपयोग गरेर कृषि खेती गर्न सकिन्छ जस्तैः वाली विरुव ाका अवशेषहरु, पशु तथा फार्महरुबाट खेर गएका अवशेषहरू र जैविक मलहरू तथा अन्य विभिन्न मल र विषादीजन्य बोट विरुवाहरू र जैविक वस्तुहरू पर्न आउछन् ।
तर वर्तमान स्थितिमा विश्वमै रासायनिक मल र विषादी प्रयोग गरेर विभिन्न बाली उत्पादन हँुदै आएकोछ र प्राङ्गारिक खेती ओझेलमा पर्दै आएको छ । यसकारण १) रासायनिक मल र विषादीहरूको अत्याधिक प्रयोगले माटोको उर्वराशक्तिमा कमी र रोग किराहरूको प्रतिरक्षात्मक सहन सक्ने शक्तिमा बृद्धि २) वातावरण तथा माटो, हावा र पानीमा प्रदुषित ३) वालीहरुको जातिय विविधतामा कमी ४) मानव स्वास्थ्यमा असर आदि । खासगरी मानव स्वास्थ्मा रासायनिक विषादीको प्रभावले टाउको दुख्ने साथसाथै रिङ्गटा तथा वाकवाकी लाग्ने, पेट गडबडी हुने, विभिन्न प्रकारको छालाको रोगहरू, आँखाको संक्रमण, थकाई लाग्ने वा मूर्छित हुने, बालबच्चाहरू रुन्चे तथा चिडचिडापन हुने, विकृतियुक्त तथा अपाङ्ग बच्चा जन्मिने र क्यान्सर जस्तो रोग पनि लाग्न सक्छ आदि ।
त्यसकारण धेरै रासायनिक मल र विषादीको प्रयोगबाट विभिन्न खालको रोग र नकरात्मक असरबाट बच्नको लागि प्राङ्गारिक पदार्थ बारे बुझ्न अत्यन्त जरुरी छ । प्राङ्गारिक पदार्थ माटोको लागि मुटु नै हो भन्दा केहि फरक पर्दैन । माटो बन्ने प्रक्रिया देखि लिएर माटोका भौतिक, रासायनिक तथा जैविक गुणहरुमा प्राङ्गारिक पदार्थले मूख्य भूमिका खेल्ने गरेको छ र यसको साथसथै माटोको उर्वराशक्तिमा ह्रास हुन दिदैन । यस्तै प्रकारको गुणले गर्दा बाली विरुवाहरु स्वस्थ भई उत्पादनमा दिगो बृद्धि हुन्छ, वातावरण स्वच्छ हुन्छ र मानव सहित अन्य जीवजन्तुहरु निरोगी सुखी हुन्छन् । माटोमा प्राङ्गारिक पदार्थले अन्य धेरै विभिन्न खालको प्रभावहरु पारेको हुन्छ । जस्तै माटोका रङ्ग खैरो कालोमा परिणत हुन्छ, दानेदार बुनोट बनाउँदछ साथै टिकाउपन बढाउँछ, भूक्षय घटाउँदछ, पानी धारण गर्ने क्षमता बढाउँछ साथै हावापानीको सञ्चार बढाउँछ, माटोको अम्लीयपना तथा क्षरीयपनालाई सुधार गर्दछ, विरुवाका पोषक तत्वहरु आपूर्ति तथा प्राप्त गराउने क्षमतामा सहयोग पु¥याउँदछ, माटोका लाभदायक सूक्ष्म जीवाणुहरुलाई शक्ति प्रदान गर्दछ र माटोमा जीव–जीवाणु अनुकूल परिस्थिति (हावा, पानी, तापक्रम, खाना, आश्रय) सिर्जना गर्दछ । यसरी माटोका भैतिक, रासायनिक र जैविक गुणहरुमा प्राङ्गारिक पदार्थको राम्रो प्रभावले गर्दा माटोमा भएका लाभदायक जीवाणुहरुको क्रियाकलापमा राम्रो हुँदै बाली विरुवाहरुले पोषक तव्वहरु राम्रोसंग पाएर उत्वादनमा बृद्धि हुन्छ । तर माटोमा प्राङ्गारिक पदार्थ कमी हुन गएमा लाभदायक जीव–जीवाणुहरुको संख्या घट्न गएर क्रियाकलापमा कमी भई उत्पादनमा ह्रास आउँदछ । पछि गएर माटो रुखोपन भई उर्वराशक्तिमा ह्रास आई माटो मरेको सरह हुन्छ ।
त्यस्तैगरी सफल प्राङ्गारिक कृषि खेतीका लागि धेरै कुराहरुमा ध्यान दिनु पर्ने जरुरी हुन आउँदछ । मुख्यतया दुई कुराहरुमा विशेष जोड दिन जरुरी पर्दछ । पहिलो बाली विरुवाको लागि आवश्यक प्राङ्गारिक तथा जैविक खाद्यतत्वहरु जस्तै गोठेमल, कम्पोष्टमल, गड्यौले मल, हरियो मल, झोलमल, गितीमल, पञ्चकाभ्य, एजोला, जीवाणु मल, बायोजाम, पोषण, बायोडाईनामिक, सुधारिएको कुखराको मल, अमृत मल आदिबाट बाली विरुवाको लागि उपलब्ध गराउनु पर्ने हुन्छ । दोश्रो बाली विरुवाका रोग कीरा व्यवस्थापनको लागि रासायनिक विषादीको विकल्पमा प्राङ्गारिक तथा जैविक विषादी जस्तै बनस्पतीबाट बनेका विषादीहरु, मूत्र र गोबरको प्रयोग, मसलाजन्य विरुवाको प्रयोग, जीवाणु तथा ढुसी (वियुभेरिया बेसियाना,एन.पि. भाइरस, वेसिलस् थुरेन्जेसिस, भर्टिसिलियम लेकानी, मेट्रोजियम एनिसोप्लिया, ट्राइकोडर्मा भिरिडि, बेसिलस सवटाइलिस, सेडोमोनास लोरेसेन्स, भर्टिसिलियम, पि.पेनेट्रान्स, भिक्टो भाइरस) को प्रयोग, दशकाभ्य, झोलमल, गितीमल आदिबाट रोगकीराको व्यवस्थापन गर्न सकिन्छ । यसबाहेक कानुनी तरिका, भौतिक तथा यान्त्रिक तरिका, रोगकीरा अवरोधक जातको बीउको प्रयोग, खेती प्रविधिमा सुधार, माटोको निर्मलीकरण, कलमी (गोलभेडाको कलमी) विधिबाट बेर्ना उत्पादन आदि तरिकाबाट एकिकृत रोगकीराको व्यवस्थापन गर्न सकिन्छ । यि मुख्य दुई कुरालाई ध्यान दिएर सफल प्राङ्गारिक तरकारी खेती गर्न सकिन्छ ।






नेपालको सुगम क्षेत्रहरुमा पनि रासायनिक मल र विषादी अत्याधिक प्रयोग हुँदै आएकोछ र यसको नकारात्मक प्रभाव पनि निकै बढि रहेकोछ । तर नेपालको दुर्गम तथा हिमाली क्षेत्रमा रासायनिक मल र विषादीको प्रभाव विस्तारै पर्दै गईरहेको देखिन्छ । त्यसैले कृषि वैज्ञानिकहरूले यसको वि कल्पको रुपमा प्राङ्गारिक कृषि प्रणालीतिर नै अगाडि बढ्नको लागि सोच्न बाध्य भएकाछन् । सोही अनुरुप अचेल आधुनिक तरिकाबाट प्राङ्गारिक कृषि खेतीको सुरुवात बढ्दै गएकोछ । साथै बजारहरूमा पनि प्राङ्गारिक कषि उत्पादन तथा त्यसबाट बनेका वस्तुहरु पाईन थालेको छ र साथै यसमा ग्रहकहरुको पनि चासो बढ्दै गएकोछ । त्यसैले नेपालमा पनि रासायनिक मल र विषादी प्रयोग गरि कृषिजन्य बाली उत्पादन गरिएको खाद्यवस्तुहरु स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ भन्ने कुराहरु सबैले बुझि सकेका छन् जसलेगर्दा प्राङ्गारिक कृषिको बजारमा पनि माग बढ्दै पनि गईरहेकोछ । अहिले केहि कृषकहरुले व्यावसायिक रुपामा प्राङ्गारिक तरकारी खेती गरी उत्पादन वस्तुहरु बिक्री वितरण गरी आम्दानी बढाई रहेका छन् । तर नेपाल अधिराज्यका अधिकांश कृषकहरुले प्राङ्गारिक तरकारी खेती गर्न असमर्थ भई रहेका छन् । यस्तो परिस्थितिमा सरकार र गैह्र सरकारी संस्थाहरुले कृषकहरुलाई प्राङ्गारिक कृषि खेती गर्न सहजिकरण गर्दै अगाडी बढाउँदै लानु पर्ने आवश्यक देखिन्छ ।
प्राङ्गारिक कृषिका फाईदाहरू
- मानव स्वास्थ्यमा फाइदा पुग्ने हुन्छ ।
- दिगोरुपमा कृषि उत्पादन बढ्न सहयोग पुग्दछ ।
- माटोको उर्वराशक्ति बढ्दै जाने हुन्छ ।
- आयात घटाउने र निर्यात बढाउनमा मद्दत पुग्दछ ।
- शुद्ध पानी प्रयोग गर्न सकिन्छ ।
- पौष्टिक र स्वादिष्ट खाना खान सकिन्छ ।
- कृषकको आम्दानीमा वृद्धि गर्न सकिन्छ ।
- पर्यावरणीय चक्रमा सन्तुलन ल्याउँछ ।
- स्थानीय श्रोतहरुको प्रयोग तथा जैविक विबिधता सहयोग पुग्दछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij