Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

तीज विशेष आधुनिक गजल

तीज विशेष आधुनिक गजल

संगम सापकोटा
बर्ष दिनको तीजमा म माइत जान्छु बजै,
जान पाए आफुलाइ भाग्यमानी ठान्छु बजै।
कुकुर पनि प्यारो हुन्छ भन्छन माइतिको,
अनदीको मीठो दर आमा सङ्गै खान्छु बजै।
घरका कुरा लाउँछेकि गीत बनाइ गाउँछे कि,
नसोंच्नु होला हजुर मनमा गाँठो पारि बान्छु बजै।
घाँस दाउरा काट्छु बरु तीन दिनला पुग्ने अरु,
त्यो टौवाको पराल पनि पुग्ने जति तान्छु बजै।
पन्चमीको भोलि पल्ट आउनेछु साँझपख,
आएपछि जे भन्नुस धौ नमानी मान्छु बजै।
नयाँ आशा राख्दिन म ठुलो कुरो माग्दिन म,
जान पाउँ माइत बरु पुरानै सारी छान्छु बजै।
बारिको कान्लामुनी फल्यारैछ काँकरि त्यो,
बिदा पाए माइतीलाइ त्यै कोशेली लान्छु बजै।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार