

नेपाल सम्वत् ११४५ चिल्लागाः २ (३ चैत्र, २०८१) मार्च १६, २०२५ ,आइतबार, बाँपीझ्याला ।सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा ठुलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो ।
“स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । यदि ती अवतरणहरू राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,” मस्कले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गर्नुभएको थियो ।

उहाँले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताउनुभएको छ । ‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारसिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।
नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । स्पेसएक्सले ती मिसनहरू पूरा गर्नु अघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन-ऑर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्त्वपूर्ण छ ।

स्पेसएक्सले यसै महिना ‘स्टारसिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखि विस्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij