नेपाल सम्वत् ११४५ दिल्लाथ्वः ९ (असार २०, २०८२ ) जुलाई ४, २०२५ ,शुक्रबार, बाँपीझ्याला । राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ । ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान यही असार १९ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत पठाइएका कुनै सामान पठाओ पार्सलले तोकिएको समयमा ग्राहकसम्म पु¥याउन नसकेर अर्डर रद्द भएमा, मर्चेन्टले सामानको मूल्य बराबरको पैसा र सामान दुवै फिर्ता पाउनेछन् । तर, पठाओले समयमै डेलिभरी गर्न खोज्दा ग्राहक सम्पर्कमा नआउने, फोन नउठाउने, वा अर्डर रिसिभ गर्न अस्वीकार गर्ने अवस्थामा यो सुविधा लागू हुनेछैन ।
यस योजनाले व्यवसायी र ग्राहकबीच डेलिभरीप्रतिको विश्वास बढाउने कम्पनीको विश्वास छ । यस सेवाले अब व्यवसायीहरूले आफ्नो सामान समयमा पुग्ला कि नपुग्ला भन्ने चिन्ताबाट मुक्त हुनेछन् । साथै, नयाँ मर्चेन्टहरूलाई लक्षित गर्दै कम्पनीले विशेष अफर ल्याएको छ । अभियान अवधिभर नयाँ दर्ता हुने मर्चेन्टहरूले पहिलो एक हप्ताभित्र पठाएका १०० अर्डरसम्म निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । पठाओ नेपालले हाल नेपालभर आधुनिक र भरोसायोग्य डेलिभरी सञ्जाल विस्तार गरिरहेको छ । यस अभियानले पठाओलाई अझ बढी ग्राहक केन्द्रित र व्यवसायमैत्री डेलिभरी प्लेटफर्मको रूपमा स्थापित गर्नेछ । व्यापारी र व्यवसायीहरूले www.parcel.pathao.com/register मा गई वा पठाओ मर्चेन्ट एप डाउनलोड गरी दर्ता गर्न सक्नेछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij