अव कुलमान आफैँ मैदानमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग गर्दै उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अब यो पार्टी चिमु चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।
पार्टी एकता १२ दिन पनि टिकेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिच हुने भनिएको पार्टी एकता आज शनिबार भाँडिएको छ । रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका विभिन्न अडान रहेको दाबी गरेको छ ।
एमाले बैठक
पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ । ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए ।
काँग्रेस विशेष महाधिवेशन
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकार नगरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन हुने निश्चित भएको छ । आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा तय भएको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै तय गर्दै कि नीतिमात्रै बदल्ने निर्णय गर्छ त्यो भने एकिन भइसकेको छैन । यसमा महाधिवेशन आह्वान २ हजार ४८८ महाधिवेशन प्रतिनिधि तथा नेतृत्व लिने महामन्त्रीद्वय थापा र शर्माबिच अझै मतैक्यता भइसकेको छैन ।
प्रचण्ड पुर्वी रुकुमबाट चुनाव लड्ने
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो संकेत गरेका हुन् ।
नेकपा दोलखा–काठमाण्डौ एकता सन्देश सभा सम्पन्न
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखा–काठमाण्डौ समन्वय समितिको आयोजनामा एकता सन्देश सभा सम्पन्न भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij