Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

गणेश मन्दिर पुनर्निर्माणपछि पूजा तथा औपचारिक हस्तान्तरण सम्पन्न

गणेश मन्दिर पुनर्निर्माणपछि पूजा तथा औपचारिक हस्तान्तरण सम्पन्न

नेपाल सम्वत् ११४६, बछलाथ्वः १५ प्रतिपदा (१९ बैशाख, २०८३, २ मे, २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित गणेशटोलमा रहेको ऐतिहासिक तथा आस्थाको केन्द्रका रूपमा ख्याती प्राप्त आस्थाको केन्द्रविन्दु गणेश मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भई आज विशेष धार्मिक विधि–विधानका साथ स्थानीय सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

यो मन्दिर पुनर्निर्माण कार्य हापिचा टोल निवासी दिवंगत गेहेन्द्र बहादुर श्रेष्ठ र पूजा लक्ष्मी श्रेष्ठको सम्झनामा उहाँका सुपुत्र नरेन्द्रबहादुर श्रेष्ठ, साथै मदनदेवी श्रेष्ठका जेठा सुपुत्र रविन्द्र श्रेष्ठ, बुहारी जविन श्रेष्ठ, जेठी सुपुत्री सुनीता (सुमन) कायस्थ, जुवाई ई. पराग कायष्थ, कान्छी छोरी सविना राजभण्डारी, दिवंगत जुवाई अनुज राजभण्डारी, नातीनीहरु डा. श्रृया श्रेष्ठ, श्रेणी राजभण्डारी, ई. स्तुती श्रेष्ठ, ईच्छा श्रेष्ठ र नाती क्षितिज कायष्थ तथा सम्पूर्ण परिवारको विशेष पहल, समर्पण र सहयोगमा सम्पन्न भएको हो। परिवारले धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोड्दै मन्दिरलाई नयाँ स्वरूप प्रदान गरेका छन्।

Ganesh3.jpg

पुनर्निर्माण सम्पन्न भएसँगै आज मन्दिर परिसरमा क्षमा पूजा, विशेष आराधना तथा विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको छ। क्षमा पूजा परम्पराअनुसार निर्माण प्रक्रियामा जानाजानी वा अनजानेमा भएका त्रुटिहरूका लागि क्षमायाचना गर्दै देवताको आशीर्वाद ग्रहण गर्ने धार्मिक विधि हो, जसले मन्दिरको पवित्रता र धार्मिक महत्वलाई अझ सुदृढ बनाउँछ भन्ने विश्वास रहेको छ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, नगरपालिकाकी उपमेयर कमला बस्नेत तथा वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले मन्दिर पुनर्निर्माणमा योगदान पु¥याउने परिवारलाई धन्यवाद दिँदै यस्ता पहलले धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र सामुदायिक एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

Ganesh-2.jpg

स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा स्थानिय बाजागाजा, भजन–कीर्तन, पूजा–आराधना र शुभकामना आदानप्रदानका गतिविधिहरू पनि सम्पन्न गरिएको थियो। मन्दिर अब केवल पूजा गर्ने स्थान मात्र नभई समुदायलाई एकताबद्ध गर्ने, संस्कार र परम्परालाई जोगाउने साझा केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको विस्तृत बिवरण बाँपिझ्याला डटकमले प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । जसले गर्दा टाढा टाढा रहेका श्रद्धालुहरूलाई पनि यस पवित्र अवसरमा सहभागी हुने अवसर प्रदान गरेको छ। यसरी सम्पन्न भएको मन्दिर हस्तान्तरण कार्यक्रम धार्मिक आस्था, पारिवारिक योगदान र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ।

Ganesh-4.jpg
Ganesh-1.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार