Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दोलखामा २५ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किए

दोलखामा २५ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किए

नेपाल सम्वत् ११४६, बछलागाः २ प्रतिपदा (२० बैशाख, २०८३, ३ मे, २०२६) आईतबार, बाँपिझ्याला । जिल्ला प्रशासन कार्यालय दोलखामा सेवाग्राही लिन नआएपछि २५ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन्। कार्यालयका नायब सुब्बा हरिराम न्यौपानेका अनुसार हालसम्म जिल्लामा ३७ हजार २ सय ८५ जनाको परिचयपत्र कार्ड आइपुगेको छ।

तर तीमध्ये ११ हजार ४ सय ९० जनाले मात्र आफ्नो परिचयपत्र बुझेका छन् भने बाँकी २५ हजार ७ सय ९५ थान कार्ड कार्यालयमै थन्किएका छन्। प्रशासनका अनुसार परिचयपत्रका लागि फाराम भरेका धेरै व्यक्ति विदेशिएको र कतिपयलाई तत्काल परिचयपत्र आवश्यक नपरेकाले पनि लिन नआएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार