Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

कालिञ्चोक गाउँपालिकामा धान दिवस तथा दही–चिउरा दिवस मनाइयो

कालिञ्चोक गाउँपालिकामा धान दिवस तथा दही–चिउरा दिवस मनाइयो

नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ चतुर्दशी (१५ अषाढ, २०८३, २९ जुन, २०२६) सोमबार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिकामा विविध कार्यक्रमका साथ २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस मनाइएको छ। "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित वडा नं. २ बाबरे र वडा नं. ४ गुमु–हिलेपानीमा कार्यक्रम आयोजना गरिएको हो।

ग्रामीण विकास टुकी सङ्घ र सिभिन नेपालको सहयोगमा सञ्चालित ओसेलिप परियोजनाअन्तर्गत किसानलाई धान खेतीको महत्व, आधुनिक कृषि प्रविधि र उत्पादन वृद्धि सम्बन्धी जानकारी दिइएको थियो। त्यसपछि स्थानीय किसानसँगै सामूहिक रोपाइँ गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले असारे गीत गाउँदै रोपाइँ गरेका थिए भने परम्पराअनुसार दही–चिउरा खाएर शुभकामना आदानप्रदान गरेका थिए।

बाबरेमा भएको कार्यक्रम वडा अध्यक्ष हेमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने गुमु–हिलेपानीको कार्यक्रम वडा अध्यक्ष दीपक खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो। दुवै कार्यक्रममा स्थानीय जनप्रतिनिधि, किसान, कृषि प्राविधिक तथा परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा धान उत्पादन बढाउन आधुनिक कृषि प्रविधिको प्रयोग, माटो परीक्षण तथा वैज्ञानिक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार