Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

१६ केजी तौल घटाएपछि सलमान खानको प्रतिक्रिया, स्वास्थ्यबारेको चर्चा अन्त्य

१६ केजी तौल घटाएपछि सलमान खानको प्रतिक्रिया, स्वास्थ्यबारेको चर्चा अन्त्य

नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । बलिउड अभिनेता सलमान खानले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति पहिलो पटक प्रतिक्रिया दिएका छन्। पछिल्ला केही सातादेखि उनी पहिलेभन्दा निकै दुब्लो देखिएपछि उनी कुनै स्वास्थ्य समस्याबाट ग्रस्त भएको हुनसक्ने अड्कलबाजी भइरहेका थिए।

प्राइम भिडिओको रियालिटी शो ‘अलाइन्स’ मा सहभागी भएका सलमानले आफूले जानाजानी तौल घटाएको खुलासा गरे। कार्यक्रममा आफ्ना भाइ सोहेल खानसँग कुराकानी गर्दै उनले सोहेलले १२ केजी तौल घटाएको उल्लेख गरेपछि आफूले भने १६ केजी तौल घटाएको बताएका हुन्।

यसअघि मुम्बईमा आयोजित एक कार्यक्रममा सलमान निकै दुब्लो देखिएपछि उनको स्वास्थ्यबारे विभिन्न अनुमान लगाइएको थियो। तर ‘अलाइन्स’ कार्यक्रममा दिएको अभिव्यक्तिपछि ती अड्कलबाजीलाई पूर्णविराम लागेको छ।

सलमानले तौल घटाउनुको कारण भने खुलाएका छैनन्। यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी एक्सन–थ्रिलर फिल्मको तयारीका लागि फिटनेसमा विशेष ध्यान दिएको हुनसक्ने अनुमान गरिएको छ। वर्किङ टाइटल ‘एसभीसी ६३’ रहेको उक्त फिल्ममा सलमान दक्षिण भारतीय अभिनेत्री नयनतारासँग मुख्य भूमिकामा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार