नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला, पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अगस्ट २, २०२६ मा आयोजित भव्य समारोहबीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
अधिवेशनको उद्घाटन सत्र निवर्तमान सभापति सुधीर रानाको सभापतित्व तथा संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको थियो। कार्यक्रममा राष्ट्रिय गानसँगै लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकली ओली विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको कुशल संयोजनमा अधिवेशन निष्पक्ष, पारदर्शी तथा विधानसम्मत ढंगले सम्पन्न भएको जनाइएको छ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चन्द्रभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देवीजंग गुरुङलगायत अग्रज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । कार्यक्रममा बोल्दै संस्थापक नेतृत्वले विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेको थियो।
दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गर्दै जिम्मेवारी हस्तान्तरण गरेका निवर्तमान सभापति सुधीर रानाले आफ्नो अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउँदै फ्रान्समा रहेका नेपाली समुदायको हकहित, एकता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफ्नो नेतृत्वको नयाँ कार्यसमिति सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ चयन भएका छन्। उपसभापतिद्वयमा विकास के.सी. र सुजन राज भट्ट चयन भएका छन्।
त्यसैगरी महामन्त्रीमा सुशील भण्डारी, सहमहामन्त्रीको जिम्मेवारीमा विवेक धमला तथा कोषाध्यक्षमा दिपेन्द्र दाहाल चयन भएका छन्।
कार्यसमिति सदस्यमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित भएको महामन्त्री सुशील भण्डारीले जानकारी दिएका छन्।
नयाँ नेतृत्वले फ्रान्सस्थित नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै जनसम्पर्क समितिको संस्थागत भूमिकालाई प्रभावकारी बनाउने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij