नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । यस वर्षदेखि हुम्लामा उत्पादित स्याउ जिल्लाबाहिर बिक्री तथा निर्यात गर्न सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। जिल्लाबाट गुणस्तरीय र पूर्ण रूपमा पाकेको स्याउ मात्रै बाहिर पठाउने उद्देश्यले कृषि विकास कार्यालय हुम्लाले यस्तो व्यवस्था लागू गरेको हो।
काँचो स्याउ बजारमा पठाउँदा हुम्लामा उत्पादित स्याउको गुणस्तर र स्वादबारे नकारात्मक धारणा बन्न सक्ने भएकाले नयाँ नियम लागू गरिएको कृषि विकास कार्यालयले जनाएको छ।
कृषि प्राविधिकहरूका अनुसार स्याउ पूर्ण रूपमा पाकेपछि मात्रै त्यसमा उत्कृष्ट गुलियोपना र स्वाद विकास हुन्छ। त्यसैले पाकिसकेको, गुणस्तरीय र गुलियो स्याउ मात्रै निर्यात होस् भन्ने उद्देश्यले निर्णय गरिएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चूडामणि पन्तले बताए।
पन्तका अनुसार स्याउ निर्यातका लागि सिफारिस दिँदा गुलियोपनाको प्रमाणीकरणलाई आधार बनाइनेछ। सम्बन्धित पालिकाको कृषि विकास शाखाले तोकेको ढाँचामा सिफारिस उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यसैगरी, स्याउ निर्यातका क्रममा कृषकलाई आवश्यक पर्ने कार्टुन कृषि विकास कार्यालय तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत उपलब्ध गराइने पन्तले जानकारी दिए।
नयाँ व्यवस्थाले हुम्लाको स्याउको गुणस्तर कायम राख्नुका साथै जिल्लाको स्याउलाई बजारमा थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij