चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोले थुनिएर बनेको ठूलो अस्थायी ताल फुटेको सूचना नेपालले प्राप्त गरेको छ। चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार ताल फुटेपछि थप पानीको बहाव भोटेकोशी–त्रिशूली नदी प्रणालीतर्फ आउन सक्ने भएकाले जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको छ र नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्कुलर जारी गरिसकिएको छ। प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता बढाएको जनाएको छ।
यसअघि उक्त क्षेत्रमा पहिरो र भग्नावशेषका कारण नदी थुनिएर ठूलो ताल बनेको थियो। चीनको जलस्रोत मन्त्रालयले त्यहाँ लाखौं घनमिटर पानी जम्मा भएको जनाएको थियो। ताल फुटेपछि बाढीको जोखिम बढ्न सक्ने भएकाले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रशासनले नदी किनार, खोँच तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, स्थानीय तह तथा सुरक्षा निकायको सूचनालाई निरन्तर पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
छोचेन खोला र पुरेपू त्साङ्पो नदी माथिल्लो त्रिशूली नदी प्रणालीका सहायक जलप्रवाह भएकाले त्यहाँ हुने कुनै पनि ठूलो परिवर्तनले नेपालतर्फको भोटेकोशी–त्रिशूली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विज्ञहरूले बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij