Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बाढीपीडितका लागि एनआरएनएको १ करोड सहयोग, कुल ५ करोड जुटाउने घोषणा

बाढीपीडितका लागि एनआरएनएको १ करोड सहयोग, कुल ५ करोड जुटाउने घोषणा

नेपाल सम्वत् ११४६, गुंल्लागाः ३, तृर्तिया (१५ भाद्र २०८३, ३१ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालैको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा एनआरएनएका पदाधिकारी, अभियन्ता तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत संकलित रकममध्ये पहिलो चरणअन्तर्गत उक्त सहयोग रकम परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सहयोग हस्तान्तरण गरेको संघले जनाएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गर्दै विपद् व्यवस्थापन, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा परिचालन गर्ने एनआरएनएको पहल प्रशंसनीय रहेको बताए । उनले वर्तमान विपद् अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै विशेषगरी रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधनको क्षति पुगेको जानकारी दिए ।

मन्त्री खनालले प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता समेत व्यक्त गरे ।

एनआरएनएले बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि कुल ५ करोड रुपैयाँ सहयोग जुटाउने घोषणा गरेको छ । संघका अनुसार विश्वभर रहेका नेपाली समुदायको सहभागितामा सहयोग संकलन अभियान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार