नेपाल सम्वत् ११४६, गुंल्लागाः ४, चौठी (१६ भाद्र २०८३, १ सेप्टेम्वर २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–४ वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार भीमेश्वर नगरपालिका–४ मा स्थायी ठेगाना भई विभिन्न पेशा, व्यवसाय तथा अन्य कारणले काठमाडौं उपत्यकाभित्र बसोबास गरिरहेका लाभग्राहीको सुविधा मध्यनजर गर्दै नवीकरण शिविर सञ्चालन गर्न लागिएको हो।
शिविरमा सहभागी भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन चाहने लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र र राष्ट्रिय परिचयपत्र साथमा लिएर स्वयं उपस्थित हुनुपर्ने वडा कार्यालयले जनाएको छ।
नवीकरण शिविर काठमाडौंको जडिबुटीस्थित न्यू आर्शिवाद प्यालेस (कामाक्षी पेट्रोल पम्प नजिक) मा सञ्चालन हुनेछ।
शिविरको विवरण :
वडा अध्यक्ष तारानाथ चौलागाईं ले सबै सम्बन्धित लाभग्राहीलाई आवश्यक कागजातसहित शिविरमा उपस्थित भई समयमै नवीकरण गराउन आग्रह गरेका छन्।
थप जानकारीका लागि वडा अध्यक्ष तारानाथ चौलागाईं र वडा सचिव संजय पासवानलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij