नेपाल सम्वत् ११४६, गुंल्लागाः ११, एकादशी (२२ भाद्र २०८३, ०७, सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच सोमबार टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाली जनता तथा नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेले नेपाल सरकारको नेतृत्वमा जारी खोजी, उद्धार तथा राहत वितरणका कार्यमा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको जानकारी गराउनुभएको थियो । उहाँले हालैको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको विश्वाससमेत दिलाउनुभएको थियो ।
लामिछानेले विपद्को यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि विदेशमन्त्री रुबियोलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
रास्वपाका अनुसार टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij