नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको बताइएको छ ।
ग्यासको चरम अभावका बीच बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीलाई लक्षित गर्दै ‘पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज नहुने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संख्यामाथि समेत प्रश्न उठाउँदै आवश्यक परे लाइसेन्स खारेज गर्नुपर्ने धारणा राखेकी थिइन् ।
मन्त्रीको अभिव्यक्तिपछि ग्यास उद्योगीहरू आक्रोशित बनेका थिए । नेपाल एलपी ग्यास उद्योग संघले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनाइ फिर्ता लिन माग गरेको थियो । अभिव्यक्ति नसच्याए कडा कदम चाल्ने चेतावनीसमेत उद्योगीहरूले दिएका थिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको छ । उपभोक्ता घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेकै बेला समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा मन्त्रीको अभिव्यक्तिले विवाद थप चर्काएको थियो ।
मन्त्री यादवले ग्यास आपूर्ति व्यवस्थापनमा कर्मचारीतन्त्रले समेत असहयोग गरेको आरोप लगाएकी थिइन् । उनले नेपाल आयल निगमको मातहतमा आफ्नै ग्यास उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै निजी क्षेत्रमाथिको निर्भरता घटाउनुपर्ने धारणा पनि राखेकी थिइन् ।
यादवको राजीनामा प्रधानमन्त्री शाहको निर्देशनमा आएको बताइएको छ । यद्यपि राजीनामा स्वीकृत भएको औपचारिक विवरण सार्वजनिक भइनसकेको अवस्थामा यसको आधिकारिक पुष्टि आवश्यक देखिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij