बिगु गाउँपालिका–५ चिलंखामा स्थानीय कृषि उपजको बजारीकरणलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ११ सदस्यीय कृषि बजारीकरण समूह गठन गरिएको छ।
स्थानीय कृषकले उत्पादन गरेका कृषि वस्तुको बिक्री–वितरण, बजार व्यवस्थापन तथा कृषकलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले वडा अध्यक्ष काले शेर्पाको अध्यक्षतामा समूह गठन गरिएको हो।
गठित समूहको अध्यक्षमा वडा अध्यक्ष काले शेर्पा र महिला उपाध्यक्षमा डिलकुमारी खड्का चयन हुनुभएको छ। सदस्यहरूमा पदमबहादुर मगर, सखरी खड्का, कृष्णबहादुर प्रधान, सोनाम लामा, उर्मिला नेपाली, सुमित्रा गुरुङ, कमला नेपाली र पवित्रा गौतम रहनुभएको छ। वडा सचिव दीपक चौधरीलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
समूहले चिलंखामा उत्पादन हुने तरकारी तथा अन्य कृषि उपजलाई स्थानीय तथा बाह्य बजारसम्म सहज रूपमा पुर्याउन आवश्यक समन्वय गर्नेछ। साथै कृषकलाई बजारको माग, बिक्री–वितरण र उचित मूल्य प्राप्त गर्न सहजीकरण गर्ने लक्ष्य राखिएको छ।
कृषि उपजको उत्पादन बढ्दै गए पनि बजारको अभाव र उचित मूल्य नपाउने समस्या भोगिरहेका कृषकलाई समूह गठनले राहत पुग्ने अपेक्षा गरिएको छ। समूहले कृषक, स्थानीय बजार तथा सम्बन्धित निकायबीच समन्वय गर्दै **‘उत्पादनदेखि बजारसम्म’**को व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।
केदार खत्री ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij