Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

भीमेश्वर नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

भीमेश्वर नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाले नेपाल सरकार, मौसम पूर्वानुमान महाशाखा तथा नेपाल मौसम विज्ञान विभागले जारी गरेको मनसुनसम्बन्धी बुलेटिन–३ (अपडेट) लाई आधार बनाउँदै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने नगरपालिकाले जनाएको छ। विशेषगरी तामाकोशी नदीको तटीय क्षेत्र तथा नदी किनारमा बाढीको जोखिम रहन सक्ने र अन्य नदी, नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

नगरपालिकाका अनुसार यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्नेछन्। साथै सडकसमेत अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र रातिको समयमा हिँडडुल नगर्न अनुरोध गरिएको छ।

नगरपालिकाले सम्भावित विपद्को पूर्वतयारी तथा आवश्यक सतर्कता अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ। सूचना भीमेश्वर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, चरिकोट, दोलखाले जारी गरेको हो।

notice-of-bhimeshwor.gif
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार