बाँपीझ्याला, एजेन्सी । अभिनेता अनिल कपुरकी भतिजी तथा सञ्जय कपुरकी छोरी शनाया कपुरले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् । फेसनका कारणले भने उनी हमेसा चर्चामा छाउने गर्छिन् । इन्स्टाग्राममा उनी निकै एक्टिभ र चर्चित छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुने गर्दछ ।

अहिले शनायाले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । जुन चर्चाको बिषय बनेको छ । तस्बिरमा उनले सेतो रंगको ट्रान्सपेरेन्ट पहिरन लगाएकी छन् । यो ड्रेसमा उनी हट एण्ड सेक्सी देखिएकी छन् । शनायाको यस लुक्सको अर्काे आकर्षक पाटो उनले टाउकोमा लगाएको ह्याट पनि हो । ठुलो साइजको ह्याट फोटो सुटमा उनले आकर्षक तबरले प्रस्तुत गरेकी छन् । जुन तारिफ योग्य छ । फ्यानले शनायाको यो लुक्स निकै मन पराएका छन् ।
शनाया करण जौहरको फिल्म प्रोडक्सन धर्माबाट बलिउड डेब्यु गर्ने चर्चा छ । आलिया भट्ट, बरुण धवनदेखि जाह्वी कपुर सम्मले यसै प्रोडक्सनबाट डेब्यु गरेका थिए । शनायाले गुन्जन सक्सेनाको बायोपिक फिल्म ‘कारगिल गर्ल’ मा सहायक निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij