मानव सभ्यता र संस्कृति एक अर्काको परिपुरक हो। सभ्यतासँग संस्कृति जोडिएको हुन्छ। कुनै संस्कृति विभिन्न माध्यमबाट समानान्तर रुपमा संसारभर फैलन्छ भने कुनै संस्कृतिले निश्चित ठाउँ बिशेष र समुदाय बिशेषमा जिबन्त पाएको हुन्छ, जुन निकै दुर्लभ ,अनौठो र बिशेष हुने गर्दछ।त्यस्तै संस्कृति सिन्धुपाल्चोक जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका ५ तौथलीमा रहेको दहिजात्रा पनि एक हो। हुनत ः तौथलीमा बर्सैभरी समयानुसार विभिन्न थरिका जात्रा तथा मेला लाग्ने गर्दछ ।
तर यहाँ बिजया दशमिको भोलिपल्ट मनाइने बिश्वमा कहि नभएको जात्रा दहिजात्राको चर्चा गरिन्छ। तौथलीमा दशै फुलपातिको दिन देखि पाँच दिनसम्म जात्रा लाग्ने गर्दछ। सबै दिनका जात्राहरुको आफ्नै महत्त्व र बिशेष हुने गर्दछ । फुलपातिको पाँचौ दिन तौथली जात्राको बिशेष र महत्वपूर्ण दिन हो।आज यहाँ लिङ्गो(रोजा) खड्ग (हतियार ) खाँडा , शैन , गोरखनाथ महिषासुर बधः आदि जात्रालाइ विजयोल्लासका साथ शहरको निश्चित स्थान परिक्रमा गरि पायातः मनाउने गरिन्छ। दिउँसो ११ बजे तिर डोबरछेमि कोर्छेमी र बिसौरीको रोजा त्रिपूरा सुन्दरी माइ थान पुर्याउने कार्य गरिन्छ। अन्य रोजापनी मन्दिर प्राङ्गणमा ठड्याएर ओ !
हा…….. को धुन निकालेर बर्णाले गुठियार ( तामाङ ) पिस्करे गुठियार (थामी) रोजा गुठियार शैन गुठियारले हापारेर देबिलाइ बाहिर निस्कन्नको निम्ति आव्हान गर्न थालिन्छ। केही समयको आव्हान पछि देबि चढित पुजारी धामी थाकतिहरु हातमा खड्ग तरवार , त्रिशुल , डमरू , घन्टा चमर ,लिइ काधमा लडाइ ढाल बोकेर काम्दै निस्कन्छ्न।निस्किसके पछि गोरखनाथलाइ अघि लगाइ रोजा अगाडि बढाइन्छ। शंख घन्ट डमरु बजाएर मंगल धुन बजादै वालेफ्वाले डोबटा पुगिन्छ।
डोबटामा मुल पुजारीले दैत्यको छेदन गर्ने कार्य गरिन्छ भने गोरखनाथबाट भुतप्रेत र राक्षसको बाटो बार्ने छेक्ने गरिन्छ। अन्य पुजारी धामीहरु दैत्य भुतप्रेत तथा नकारात्मक शक्तिलाइ लखेट्ने हप्काउने गर्दछ्न।उक्त कार्य सम्पन्न भएपछि एकछिन बाजा बन्द गरेर कारुणिक मोहनी गित भजने गुठियारबाट गाउने गरिन्छ । यो भजन अन्यदिन मोहनी भजन गाउन मिल्दैन। तीन चोटि मोहनी गित गाएपछी बजा बजाएर जात्रा च्याङ्टाए डोबटातिर लाग्छ । सोही कार्य च्याङ्ट्याए डोबटामा पनि दोहोरिन्छ। र यहाँ बाट खाडाँ नाच पनि शुरु हुन्छ । रोजालाइ ठाउँ ठाउमा सगुन दिदै डोबरसम्म पु¥याइन्छ। डोबरमा सगुन दिएपछी दहिजात्रा शुरु हुन्छ ।
दहिजात्रा :
पायातःको दिन घरगोठमा दुहुनो गाई भैंसी हुनेले अघिल्लो दिन साँझको दूध दहि जमाएर त्रिपूरा भगवतीलाई आफ्नो घरमा दुहुनो कहिले नटुटोस र गाइभैसी फैलिन्दै जाओस भन्ने कामनाको साथ चढाउने गर्दछ्न । देबिथान चढाएको , पुजा गरेको प्रशाद गाउले सबैलाइ बाढने चलन छ।तर एक ठेकी दहि गाउले सबैलाई बाढ्न सम्भब नभएपछि लिङ्गो जात्रा, खड्ग जात्रामा सहभागी जात्रुरेहरुलाइ डबली देखि त्रिपूरा भगवतीथान सम्म छ्ड्किदिएर प्रशाद पुर्याएको चलन जात्राको रूपमा परिणत भएको पाइन्छ।युवाहोस या वयस्कहरु काधमा दहिको ठेकी भिरेर हातमा दहि लिइ उपस्तिथि दर्शक रोजा गुठियार तथा आफू आफैमा होहोरे हो हो को लयबद्द आवाज निकाली दहि छ्यापाछ्याप गरि देबिथान सम्म जाने गर्दछ्न। करिब २०० जना बढी सहभागीले त्रिपूरा सुन्दरी देबि थान सम्म छ्यापेर बाकी रहेको दहि उपस्तिथि भक्तजनहरुलाइ बाडिदिने गर्द्छन, सो दिन चढाएको दहि खादा रोगब्याधी निको हुने जनबिश्वास रहेको छ।
दहिजात्रा शुरु हुनु अघि त्रिपूरा सुन्दरीमा सम्पुर्ण गुठियार र डोबरछेमी, कोर्छेमी र बिसौरीको रोजा जम्मा गर्ने गरिन्छ।सम्पुर्ण तयारी पूरा भइसकेपछी लिङ्गोजात्रा(रोजा) , खड्गजात्रा ( हातहतियार ) गुरु गोरखनाथ,खाडा, महिषाशुर शिर छेदन, आदि जात्रा निकालेर शहर परिक्रमा गराइन्छ। तौथलीको उत्तरपटीको वालेफ्वाले डोबटा (दोबाटो) देखि च्याङ्टाय डोबटा, डोबरसम्म आइपुग्दा भिन्न तान्त्रिक बिधिबिधानबाट महिषासुर शिर छेदन, मोहनी भजन, गुरु गोरखनाथद्वारा राक्षस भगाइ बाटो बार्ने, खाडा नचाउने ,र रोजालाइ ठाउँ ठाउँमा विभिन्न गुठियारहरुले सगुन दिने र लुगाफाटो चढाउने गरिन्छ ।
रोजालाइ डोबर(डबली)मा पुर्याएपछी मंगलधुनका साथ सगुन दिएर दहिजात्रा शुरु हुन्छ। दहिजात्रालाइ देबिको विजयोल्लास स्वरुप दहिको होलि खेलेको पनि कथन रहेको छ ।
श्रोतः भेषकुमार श्रेष्ठ, तौथल
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij