Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

उपत्यकामा ट्राफिक र सडक

उपत्यकामा ट्राफिक र सडक

बालकृष्ण श्रेष्ठ “पासा”
काठमाडौंमा दिनहुँजसो लाखौंलाख गाडीको आवतजावत हुन्छ । गाडीमा अनेकौं कुराको आदानप्रदान हुन्छ । गाडीले ल्याउने, लाने, ओसारपसार गर्न कुरा त छँदैछ, मौका मिले गाडीले लछारपछार गर्ने, तितरवितर पार्ने र मान्छेको जीवन नै अस्तव्यस्त नै पार्न बेरछैन । यसमा यताउता हेर्नू, रेखदेख गर्नु, सुरक्षा दिनु समाधान गर्नु भनेर साधारण ट्राफिक हवल्दारलाई खटाइएको हुन्छ माथिल्लो तहका उपल्लो दर्जाका महामान्यहरूले ।

अनि बिचरा हवलदार र प्रहरी जवानहरू धुलो, हिलो, मैलो धुवाँ खाएर कहिले चर्को घाममा सेकिन्छन् त कहिले चिसो सिरेटोमा खेदिन्छन्, घोक्रो सुक्ने गरि सिठ्ठी फुकेर कहिले यता कहिले उता भौंतारिन्छन्, न बर्खा, न झरी‘ “बिचरा‘ ट्राफिक प्रहरी‘ “ भनेर भन्न त मन लाग्छ नै‘ के गर्ने कुनैकुनै ट्राफिकको व्यहोरा देख्दा त दिक्क पनि लाग्छ हो‘ हैट्‘ ।

शायद ट्राफिक भनेको प्रहरी पनि हो भनेर नबुझेको हो कि नजानेको हो, कुरो बुझ्न नै गाह्रो पो लाग्न थाल्यो हो‘ हिजोआज त । सार्वजनिक गाडी रोकिने ठाउँ आधाकोस पर छ, यात्रुहरू गाडीलाई कुर्छन् चौथाई कोस वर‘‘, अनि गाडी नै रोक्न नदिकन ट्राफिक सिट्ठी बजाएर गाडीलाई खेद्याखेद्यै गर्ने, यात्रुहरू गाडी चालकलाई गाली गर्दै‘ “पर्ख न हो‘ ड्राइभर त के साह्रो मात्तेको हो” भन्दै पछिपछि कुद्ने, फेरि ड्राइभरले खँलासीलाई‘‘“ बोला न हो तेरा बाउआमालाई अलि माथि बोला‘ तेरा हजुरबाले लखेटेको देखिनु्स् ? “भन्दै कराउने, अनि फेरि खँलासिले यात्रुलाई” अलि भित्र सर्नु न, पछाडि सर्नु न, त्यत्रो ठाउँ छ‘ कस्तो आँडे मान्छेहरू होउ‘ भनेको फिटिक्कै नमान्ने हाउ‘ हैट, “भन्दै कोचाकोच गर्ने अनि फेरि झर्ने ठाउँ आउँछ त उहीँ खँलासीको रुखो आवाज आउने” ल ल ल ल रत्नपार्क आयो छिट्टो झर्नु झर्नु ल ? पैसा हातमा बोकेरै आउनु है‘ ल ल छिट्टै आउनु कस्तो ढिलाइ हाउ‘” भनेर। हप्कि र धप्कि गर्ने ।

पैसा लिएर चानचुने फिर्ता दिन नमान्ने खँलासी, फिर्ता दिंदैनन् भनेर चानचुने बोक्न नजान्ने यात्रुहरू, सहुलियत कार्डको अपव्याख्या गर्ने ड्राइभर र गाडीका ड्राइभर मात्रै चिन्ने फुटपाथ, बटुवा र यात्रुको हालत नबुझ्ने हाम्रा सडकका पहरेदार ट्राफिक देख्दा उदेकलाग्दो छ शहर ।

यात्रुहरूलाई चढाउने र ओह्राल्ने संकेत बोर्ड राख्न जान्ने ट्राफिक जानकारी विभागले यात्रुहरू जथाभावी अनिर्णित ठाउँमा उभिएका छन् र त्यतै उभिने गर्छन् भनेपछि कि त सूचना बोर्ड राख्नुपर्ने कि नभए ट्राफिकले नै जानकारी दिने गर्नुपर्ने हो ।

उदाहरणका लागि चाबहिल मैजुबहालको गेटबाट भित्र प्रवेश गर्ने मान्छेलाई चुच्चेपाटी भाटभटेनी पु¥याउन थालेपछि विवादास्पद हुने नै भयो । ट्राफिकले गर्नुपर्ने काम खालि ड्राइभरले गरेको गल्तीलाई मात्रै हेर्ने होइन नि (सहचालक) खँलासीको पनि हुन्छ त, पैसा लिइहाल्ने अनि चानचुन छैन भनेर।जाउँजाउँ भन्दै गाडी कुदाउन लाउने, उनीहरूलाई १÷२ रूपैयाँ छैन भनेर फिर्ता नदिन सहज होला, तर यात्रुहरूको पनि त अवस्थाको ख्याल् गर्नुपर्छ नि होइन र !

चालक सहचालक र गाडी मालिकलाई सरकारले तेलको भाउ वृद्धि गरेको, सामानको भाउ वृद्धि भएकोमा जति चिन्ताले सताएको हुन्छ, त्यत्ति नै चिन्ता र आमसमस्या नागरिकको पनि त हो नि, नागरिकको त न तलबभत्ता वृद्धि हुन्छ न समस्याको समाधान सरकारले गरेको हुन्छ । यतातिर ध्यानाकर्षण गर्नेहरूले सम्पर्क गर्न नभूल्नु ह

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार