Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

समाजसेवी एवं नेपाली काँग्रेसका नेता माधवमणी राजभण्डारीको संझनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

समाजसेवी एवं नेपाली काँग्रेसका नेता माधवमणी राजभण्डारीको संझनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बाँपीझ्याला, दोलखा । समाजसेवी एवं नेपाली काग्रेसका नेता माधवमणी राजभण्डारी दिवंगत भएको १४ औं दिनको पुन्यतिथीमा उहाँको आत्माको चिरशान्तीको कामना गर्दै नेपाली काँग्रेस भीमेश्वर नगरपालीका वडा नं. २ समितीले आज दोलखामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापती बर्मा लामाको प्रमुख आतिथ्य र भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धरको विशेष आतिथ्यमा सम्पन उक्त कार्यक्रममा दोलखावासीहरुको व्यापक सहभागीत रहेको थियो ।

दिवंगत माधवमणी राजभण्डारीको सम्झनामा एक मिनेट मौनधारण गरी शुरु गरिएका उक्त कार्यक्रममा सभापती बर्मा लामा, नगर प्रमुख ईस्वरनारायण मानन्धर, समाजसेवी शान्तकृष्ण श्रेष्ठ, नेकपा माओवादी भीमेश्वर नगर कमिटी वडा नंं २ का अध्यक्ष अजय प्रधान लगायतका व्यक्तीत्वहरुले दिवंगत राजभण्डारीको दोलखाको माटोमा गरेका योगदानको बारेमा चर्चा गर्दै उहाँको आत्माको चिरशान्तीको कामना गर्दै मन्तव्य व्यक्त गरिएको थियो ।

द्वाल्खा गुठीका महासचिव एवं बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानले दिवंगत माधवमणी राजभण्डारीको दोलखा प्रतिको योगदान, सदभावले दोलखालाई पू¥याएको भावनात्मक सम्वन्धलाई अमरत्वको छाप छाड्न सफल भएर जानु भएको कारणले भौतिक शरिर हामी सँग नभएपनी जन्मभुमी दोलखामा सदा सर्वदा अमर रहनु भएको भनाई राख्नु भएको थियो ।

नेपाली काँग्रेसका जिल्ला प्रवक्ता राकेश श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

लायन्स क्लव अफ दोलखा र दोलखा लायन्स आँखा केन्द्रको आयोजना श्रद्धाञ्जली
यसै गरी लायन्स क्लव अफ दोलखा र दोलखा लायन्स आँखा केन्द्रको आयोजना दोलखा लायन्स आँखा केन्द्रको भवनमा छुट्टै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो ।

समाजसेवी शान्त कृष्ण श्रेष्ठले दोलखा लायन्स आँखा केन्द्र संचालनको लागि जग्गा दान उपलब्ध गराएर जुन सहयोग गर्नु भएको थियो । त्यसबाट वहाँले पून्य प्राप्त भएको भनाई राख्नु भयो ।

साथै दिवंगत राजभण्डारीको नाममा दोलखा लायन्स आँखा केन्द्रको जमिन तल्लाको नाम वहाँको नामबाट संचालनमा ल्याउने समेत जानकारी दिनु भयो ।

उपस्थित सम्पूर्ण दोलखावासी, नगरवासी र पार्टीको तर्फबाट नगर प्रमुख ईस्वरनारायण मानन्धरले दिवंगत आत्माको चिरशान्तीको कामना सहीत शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना दिनु भएको व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार