Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

२१ औँ स्मृती दिवस : क. रित बहादुर खड्का प्रति हार्दिक श्रद्धासुमन ...

२१ औँ स्मृती दिवस : क. रित बहादुर खड्का प्रति हार्दिक श्रद्धासुमन ...

२ अषाढ, बाँपीझ्याला, काठमाण्डौं । महान शहीद रीतबहादुर खड्का क. प्रताप प्रति उहाँको २१ औँ स्मृती दिवसको तिथीमा धेरै सम्झना, सम्मान र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

महान जनयुद्धको सिलसिलामा वहाँ वि सं २०५९ साल असार २ गते, रौतहट को पिपराह भन्ने ठाउँमा शहादत प्राप्त गर्नु भएको थियो । तत्कालिन नेकपा (माओवादी) को केन्द्रिय समितिको बैठक सकेर बाइकमा फर्किदै गर्दा बाटोमा तत्कालिन राज्य पक्षबाट फरक राजनैतिक आस्था राखेको आधारमा कायरतापूर्वक हत्या गरेको थियो ।

उहाँ अन्याय, बेथिती, बिसंगति, सामन्ति कु–राजनैतिक संस्कार र भेदभावपूर्ण असमान व्यवस्थाका विरूद्ध लड्नु पर्छ र बोल्नु पर्छ भनेर चिनाउनुहुने एक चम्किलो प्रतिक हुनु हुन्थ्यौं । यसरी जनयुद्धको लडाईमा लाग्दा लाग्र्दै बत्तिस बर्षको कलिलो उमेरमा नै धेरै गहिरो छाप छोड्नु भएको छ ।

उहाँले चालेका कदम, नेतृत्वदायी भुमिका, लेखेका कथा कविता र लेखले आज हामी बिच नभएपनि महान विचार र परिवर्तनका खाका कोरेर जानु भएको छ । जसको कारण नेपाली भूमीमा सदा सदाका लागि अमर हुनु भएको छ ।

उहाँ स्वतन्त्रताका सेनानी हुनुहुन्छ, अन्याय र विसंगतिका विरूद्द आफ्नो निजि ज्यानको प्रवाह नगरि जनताका लागी लाग्ने प्रेरणाका प्रतिक हुनु नै उहाँको विशेषता थियो।

आज असार २ गते उहाँको स्मृति दिवसमा सबै जनयुद्धका ज्ञातअज्ञात शहीदहरुमा विशेष सम्झना साथै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार