Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

असारे गीत .....असारे पन्ध्र हे रामचन्द्र पा¥यौ झरी झर्झरी,

असारे गीत .....असारे पन्ध्र हे रामचन्द्र पा¥यौ झरी झर्झरी,

–बिके श्रेष्ठ ‘पासा’

असारे पन्ध्र हे रामचन्द्र पा¥यौ झरी झर्झरी,
दुखीको घराँ दैवको भराँ काटौँ जुनी थर्थरी,
खोलीको निँग्रो डोको तिम्रो टिपील्याउँ घर्भरी,
दहीचिउरा खाँदा याद आउँदा रुन्छमन् धर्धरी ।

जानलागे खेताँ पटुकी पेटाँ धाना बिउ रोप्नालाई,
घुमडोरी काधाँ धानाबिउ हाताँ छुप्छुपु चोप्नालाई,
तल्लाघरे काली न िआउँछे ब्याडाँ बिउ बोक्नालाई,
हलो र जुआ यता र उता गर्दै ल्याउँछ जोत्नालाई ।

रोपाइँ गर्दै लड्दै र पड्दै बस्ने पीपल चौतारी,
मिलेर हाँसौँ लौ पिरती गाँसौँ उमेर हुँदै दौँतरी,
डाँडा र पाखा यही लोका भाका गाउने लैबरी,
हाम्रो मिलन भरि जीवन मिलाइ देउन हे हरी ।

असारे पन्ध्र हे रामचन्द्र पार्यौ झरी झर्झरी,
दुखीको घराँ दैवको भराँ काटौँ जुनी थर्थरी,
खोलीको निँग्रो डोको तिम्रो टिपील्याउँ घर्भरी,
दहीचिउरा खाँदा याद आउँदा रुन्छमन् धर्धरी ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार