Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मोतीराम भट्टको सम्झनामा

मोतीराम भट्टको सम्झनामा

गजल

जन्माएर कविता गजल संसारलाई देखाए,
अन्माएर साहित्य–रचना धरतीमा पैmलाए ।

१९८३ सालको कुशे औंसीमा पदार्पण गरे,
भट्टका छोरा मोतीराम भोसिटोलमा उदाए ।

५ वर्षमै बामेसर्दै काशी पुगे बूबाको साथ,
दीर्घायुको कामनामा नाकमा पोरा छेडाए ।

काशीमै अक्षराम्भ गरेका हुन् पाठशालामा,
ठाउँको अनुसार भाषा उर्दू फारसी पढाए ।

त्यहीं नै सिके लेख्न पढ्न धेरै नै विधाहरू,
३१ वर्षमै कुशे औंसीकै दिन मोती बिलाए ।

जन्माएर कविता गजल संसारलाई देखाए,
अन्माएर साहित्य– रचना धरतीमा फैलाए ।

बालकृष्ण श्रेष्ठ “पासा”
दोलखा अभयपुर ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार