अजय प्रधान
बाँपीझ्याला, दोलखा । २०७२ सालको भुकम्पले क्षती पुगेको भीमेश्वर मन्दिर स्थित जिर्ण अवस्थामा रहेको जोगी बस्ने पार्टी पुनः निर्माण हुने लागेको छ । उक्त पार्टी निर्माणको लागि पुरातत्व विभागको सहयोगमा ७५ लाखको लागतमा निर्माण हुन लागेको छ ।
यसको लागि यही असोज १६ गते टेण्डर भई सकेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो ।
यसै गरी पर्यटन बिकास आयोजना बाग्मती प्रदेशको सहयोगमा मुद्रा संग्रालयको लागि दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि पाँच करोडको लागतमा निर्माण गरिने भएको छ । जसको लागि टेन्डर प्रकिया अगाडि बढाउन आयोजना प्रमुख शिव सापकोटा कुरा भई अगाडी बढीरहेको जानकारी समेत वडाध्यक्ष श्रेष्ठले दिनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij