Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

अब सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्‍न पाइने, दशैं मनाउन काठमाडौंबाट गाउँ नजान सरकारको आग्रह

अब सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्‍न पाइने, दशैं मनाउन काठमाडौंबाट गाउँ नजान सरकारको आग्रह

बाँपीझ्याला, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु राख्‍न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले क्षमताभन्दा आधा सिट संख्यामा मात्र यात्रु राखेर चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै यस्तो निर्णय गरेको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । आन्तरिक हवाई उडानको हकमा पनि सुरुमा यही भनिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्‍न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ । बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्‍ने निर्णय गरेको बताइएको छ ।

बैठकले आम नागरिकलाई जहाँ छ, त्यहीँ दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार