Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

गजल

गजल

बालकृष्ण “पासा”

साउनले हरियाली त ल्यायो साथै बाढी पनि ल्यायो,
जीवनले खुसीयाली के ल्यायो संगै भारी नि बोकायो ।

खोलाको छेउछाउ घर बनाइ बस्ती जमाउनेहरूलाई,
पैह्रोले बिल्लीबाँठ पार्दा दोष जति दैव माथि थुपार्यो ।

खै मान्छेलाई डर रत्ति नलागेको किन हो प्रकृति संग,
सार्वजनिक जग्गा समेत नभनी भाग्यमानी कहलायो ।

लोभ र लालचको किनारामा उभिन खोज्छन् मान्छे,
जब खति हुन्छ तब अरूलाई गालीको वर्षा गरायो ।

भीरपाखा पनि नभनी बस्ती बसाउँन बाध्य छ यहाँ,
मानवता बिनाको नेतालाई छेपारोको रंगले उडायो ।

साउनले हरियाली त ल्यायो साथै बाढी पनि ल्यायो,
जीवनले खुसीयाली के ल्यायो संगै भारी नि बोकायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार