Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

तन प्रस्थान मन लखतरान !

तन प्रस्थान मन लखतरान !

विमान स्थलको प्रस्थान कक्ष,
खचिखचाउ र भरिभराउ,
सुरक्षाकर्मीको खटिखटाउ,
प्रस्थानकर्मीहरूको लश्कर,
विदाइदाताहरूको चक्कर,
अंकमाल गर्नेहरूको तर्खर,
‘सेल्फी’ ज्ञाताहरूको टक्कर ।

छोराछोरीको विदाइमा कोही दंग,
विदेश जान पाएकोमा छ उमंग,
जिन्दगी बनाउन चढिएको तरंग,
ऋणको भारमा खुम्चिएको अङ्ग,
परिश्रमदेखि भागेका ती अन्तरंग,
अनभिज्ञ छन् भएका मति भरंग ।

बलिष्ठ पाखुरा चैं सिमाना बाहिर,
निस्कृय चेतना खेतबारी खातिर,
पसिनाको मूल्य डलरको जागिर,
विदेशी पैसाले गर्छ के त आँखिर ?

जीवनान्तमा अभिभावक एक्लै,
मौलिकताको लागि श्रद्धा बेग्लै,
जीवन चरित्र विदेशमै नै टेक्दै,
लाश माथिको सत्कारलाई हेर्र्र्दै,
के अर्थ हुनु २ दिन धोती बेर्र्दै ।

आशमा पालिएको आशातीत प्राण,
सासमा अल्झिएको एकपले ज्यान,
भविष्यका लागि भएको त्यो प्रस्थान,
माटो, पाटो र बाटो सँधै लखतरान ।

बालकृष्ण श्रेष्ठ “पासा”
भी.न.पा-२ दोलखा,
हाल, गो.न.पा–५ जोरपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार