
१३ माघ, बाँपिझ्याला, काठमाण्डौं । “सुखी समाजको चाहना–बुद्ध शिक्षाको अवधारणा” नारा सहित ह्याप्पी सोसाईटी नेपाल कार्यक्रम सम्पन्न भएको छ । पद्म कन्या क्याम्पस बागबजारमा सम्पन्न उक्त कार्यक्रममा एकशय भन्दा बढी उपत्यकावासी दोलखावासी, संघ–संस्था प्रतिनिधी तथा अन्य शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।

सहि बिचार, सहि व्यवहार र सहि ज्ञानको माध्यमबाट समाजलाई सुखी समाजमा रुपान्तरण गर्न सकिन्छ भन्ने मुल उद्देश्यले प्रत्येक शनिवार संचालन गरिने “ह्याप्पी सोसाईटी नेपाल” को आज पद्मकन्या कलेजको सभाहलमा उद्घाटन सम्पन्न गरिएको छ ।
पद्म कन्या क्याम्पसका प्रमुख प्रा. डा. कल्पना श्रेष्ठको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा भिक्षु आनन्दज्यूको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी अतिथीहरुमा बौद्ध विद्धान डा. केशवमान शाक्य, ध्यान गुरु डा. चन्द्रबहादुर जोशी, नेपाल राष्ट्रिय ज्ञानमाला समितीका अध्यक्ष रमना श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी एवं भिक्षु आनन्दज्यूले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा उप–प्रध्यापक उमेश रेग्मीले उपस्थित प्रमुख अतिथी, अतिथी र सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
कार्यक्रम बारे जानकारी कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले प्रकाश पार्नु भएको थियो । यसै गरी ध्यानको भुमीका बारेमा प्रमुख अतिथी भिक्षु आनन्द, ध्यान अभ्यास डा. चन्द्र बहादुर जोशी, मुल प्रस्तुती बौद्ध विद्धान डा. केशवमान शाक्यले प्रकाश पार्न भएको थियो ।
यसै गरी मन्तव्य दिनेहरुमा नेपाल राष्ट्रिय ज्ञानमाला समितीका अध्यक्ष रमना श्रेष्ठ, चरिकोट गुठीको तर्फबाट डा. गोपाल कृष्ण श्रेष्ठ लगायतका व्यक्तित्वहरुले आ–आफ्नो विचार सहित बौद्ध ज्ञानको बारेमा बोल्नु भएको थियो ।

फुलको गुच्छा द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ लगायतका टिमले प्रदान गरिएको थियो । यसै गरी कार्यक्रममा उपस्थिती सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद बनारसी सहयोगी हातहरुका अध्यक्ष निरेश श्रेष्ठले दिनु भएको थियो । कार्यक्रम संचालन ईन्द्रमुनि शाक्यले गर्नु भएको थियो ।

पद्मकन्या बहुमुखी क्याम्पसको आयोजना, पद्मवर्ण बुद्ध विहार दोलखाको संयोजन, नेपाल राष्ट्रिय ज्ञानमाला समिती, स्वयम्भु काठमाण्डौं, दोलखाली संघ संस्था कालिञ्चोक युवा क्लव, बनारसी सहयोगी हातहरु, लालीगुँरास युवा क्लव चरिकोट, द्वाल्खा म्यासमुचा खलक काठमाण्डौंको सह–आयोजना रहेको थियो ।
अन्तमा सभापतीबाट सम्पूर्ण महानुभावहरु प्रति आभार व्यक्त गर्दै बुद्ध शिक्षा प्राप्तीको लागि सम्पूर्ण सहभागी हुन अनुरोध गर्नु हुर्दै कार्यक्रम समापन गर्नु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij