१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को "समसामयिक निबन्ध संग्रह " पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ्य ग्रहण गर्नुभएको थियो भने विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको थियो। गोष्ठी तथा कार्यक्रम बीच डा. मुक्ति सिंह लामा तथा डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए भने कार्यक्रमको होस्टिङ अन्जु केसीले गरेका थिए।
विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार समेत गोष्ठीमा राखेका थिए।आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा अर्पण गर्नुभएका प्रा.डा. प्रेम खत्री ज्यू को विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध संग्रहमा संकलित गरिएको छ ।
नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो। शोधार्थीहरूलाई पुस्तकालय तथा शोधकार्यका लागि आवश्यक सामग्रीहरू को व्यवस्था अनुसन्धान केन्द्रले गर्दै आएको छ भने विविध तालिम तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत गरिने घोषणा स्थापना दिवसमा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij